१४ चैत्र २०८१, बिहीबार
March 27, 2025 Thursday

19.95°C

काठमाडौं

19.95°C

Kathmandu

Feels-like: 18.65

Wind: 2.57

Humidity: 25

Latest
एसियातर्फ व्यापार केन्द्रित गर्दै ‘कीर्तिमान’ आर्कटिक शिपिङको रूसद्वारा प्रशंसा मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन-मन्त्री प्रकाशमान सिंह शान्तिपूर्ण प्रदर्शन गर्न आयोगको अपिल प्रधानमन्त्री कप क्रिकेटः बाग्मती चार विकेटले पराजित बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह भूकम्प प्रतिरोधी नमुना घर निर्माण भएपछि खुशी छन् हाँसीराम कामी पूर्वराजा शाहलाई देउवाको आग्रहः आश नगरे हुन्छ, अब गणतन्त्र हट्दैन इजरायली आक्रमणमा हमासका प्रवक्ताको मृत्यु भएको समूहको दाबी नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलेखानीको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन



अ+ अ-

हेटौँडा  । मकवानपुरस्थित कुलेखानी जलविद्युत् केन्द्रको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका छन् । कुलेखानी जलविद्युत् आयोजनाका अनुसार सुक्खायाम सुरू भएकाले कुलेखानी जलविद्युत् केन्द्रको प्रथम, दोस्रो र तेस्रो युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका हुन् ।

कुलेखानी प्रथमका प्रमुख तारादत्त भट्टले कुलेखानी जलविद्युत् प्रथमले ६० मेगावाट, दोस्रोले ३२ मेगावाट र तेस्रोले १४ मेगावाट विद्युत् उत्पादन गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार आवश्यकताका आधारमा अहिले दैनिक १४ देखि १८ घण्टा कुलेखानी जलविद्युत् केन्द्र पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ ।

‘रनअफ रिभर’ मा आधारित आयोजनाको सुक्खायाममा उत्पादन घटेकाले विद्युत् भार व्यवस्थापन गर्न कुलेखानी जलविद्युत् केन्द्रका तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन गरिएको प्रमुख भट्टले बताउनुभयो । उहाँले वर्षायाममा ‘रनअफ रिभर’ मा आधारित आयोजना पूर्ण रूपमा सञ्चालनमा गर्नुनपर्ने भएकाले उक्त समयमा ड्याममा पानी सञ्चित गरेर राख्ने र सुक्खायाम सुरू भएपछि पूर्ण क्षमतामा सञ्चालन गरिने जनाउनुभयो ।

अहिले दैनिक १४ देखि १८ घण्टासम्म विद्युत् उत्पादन गरिरहेको र आवश्यकताका आधारमा चौबीसैँ घण्टा विद्युत् उत्पादन गर्न सकिने आयोजनाले जनाएको छ । यस केन्द्रबाट चालु आव २०८१/८२ को साउनदेखि फागुनसम्ममा कुलेखानी जलविद्युत् केन्द्र प्रथमले ८१ हजार दुई सय नौ मेगावाट विद्युत् उत्पादन गरेको छ । आव २०८०/८१ मा ३४ हजार तीन सय ८८ मेगावाट मात्र विद्युत् उत्पादन गरेको थियो ।