
काठमाडौँ । काठमाडौंको कालोपुलमा गुठी संस्थानको जग्गा अतिक्रमण गरेर बनेका संरचना भत्काईएको छ ।
सोमबार काठमाडौं महानगरपालिकाको समन्वयमा अतिक्रमित जग्गामा बनेका संरचना भत्काईएको हो ।
गुठी संस्थान मातहतको जग्गामा धेरै बर्षअघि देखि अतिक्रमण गरेर संरचना निर्माण भएका संस्थानका प्रवक्ता हरि प्रसाद सुवेदीले बताए ।
महानगरले अहिले उक्त संरचनाहरू भत्काइरहेको छ ।