१३ चैत्र २०८१, बुधबार
March 26, 2025 Wednesday

23.32°C

काठमाडौं

23.32°C

Kathmandu

Feels-like: 22.31

Wind: 6.69

Humidity: 23

Latest
प्रधानमन्त्रीको प्रश्नः नयाँ राजनीतिक दलहरु क्रान्ति गर्छु भनेर उपद्रो मच्चाएकाहरुको पछि किन लाग्नुहुन्छ ? समाजवादी मोर्चाको बैठक जारी एन्फाको वार्षिक बजेट डेढ अर्ब प्रतिपक्षीलाई प्रधानमन्त्रीको चेतावनीः प्रधानमन्त्रीका सम्बन्धमा जथाभावी नबोल्नूस् प्रतिपक्षी दलहरुलाई प्रधानमन्त्रीको जवाफः एउटा हटायो, अर्को नियुक्ति भयो, सिद्धियो ४७ वर्ष जेलमा बसेका वृद्ध निर्दोष ठहर, २० करोड क्षतिपूर्ति कुलमानलाई पदमुक्त गरेको विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु प्रतिपक्षको गैरराजनीतिक र असंसदीय मागः एमाले प्रमुख सचेतक… चीनलाई लक्षित गरेर दर्जनौं संस्थामाथि अमेरिकाद्वारा प्रतिबन्ध ट्रंकलाइन र डेडिकेटेड लाइनको महशुल उठाउन नदिन कुलमानलाई वर्खास्त गरियोः सांसद ढकाल सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराको पीएन क्याम्पसमा मतगणना जारी, अनेरास्ववियुको अग्रता



अ+ अ-

काठमाडौं । पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसको स्ववियू निर्वाचनको मतगणना जारी रहेको छ ।

सोमबार बिहान साढे ९ बजेदेखि सुरू भएको मतगणनामा २ सय मत गणना हुँदा अनेरास्ववियुले अग्रता कायम गरेको छ ।

अनेरास्ववियुका अध्यक्ष उम्मेदवार विष्णु पोखरेलले ८७ मतसहित अग्रता लिँदा
दोस्रो स्थानमा नेविसंघका सुशील न्यौपानेले ३८ मत ल्याएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपानेले २४ र अखिल क्रान्तिकारीका नविन अधिकारीले १७ मत पाएका छन् ।

आईतबार भएको मतदानमा प्रत्यक्षतर्फ २ हजार ८ सय ९६ र समानुपातिकतर्फ २ हजार ८ सय ९२ मत खसेको निर्वाचन समितिले जनाएको छ । ९ हजार २७० मतदाता रहेको क्याम्पसमा ३१.२५ प्रतिशत मात्र मत खसेको थियो ।