१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै

आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै
अ अ+ अ-

भद्रपुर । रोग निको हुने तथा कम खर्चिलो हुने भएपछि झापामा पछिल्लो समय आयुर्वेदिक उपचारमा बिरामीको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भद्रपुरमा दैनिक औसतमा ७० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।

केन्द्रका प्रमुख आयुर्वेद डा विजय श्रेष्ठका अनुसार, केन्द्रले उपचारात्मक, प्रवर्द्धनात्मक र प्रचारात्मक सेवा दिँदै आएको छ । उपचारका लागि आउने अधिकांश पायल्स, ढाडको समस्या, ग्यास्ट्रिक, दमखोकी, हाडजोर्नीको समस्या, नसासम्बन्धीका रोगी छन् । उपचार पद्धति सजिलो र प्रभावकारी भएकाले स्थानीयमा झन् आयुर्वेदिक उपचारप्रति विश्वास बढेको छ ।

केन्द्रबाट चालु आव २०८१÷८२ को आठ महिनामा पूर्वकर्म÷पञ्चकर्म ९थेरापी० सेवा चार हजार नौ सय २८, योग सेवा नौ सय ३०, होमियोप्याथी सेवा एक सय पाँच, प्रयोगशाला सेवा पाँच सय ४५ जनाले लिएको केन्द्रका सूचना अधिकारी खगेन्द्र भट्टराईले जानकारी दिनुभयो । यसैगरी केन्द्रबाट बहिरङ्ग सेवा दुई हजार एक सय ७५ जना तथा यसका साथै केन्द्रबाट शल्य चिकित्सा सेवा, स्तनपायी आमा तथा शिशु सेवा, ज्येष्ठ नागरिक सेवासमेत दिने गरिएको उहाँले बताउनुभयो ।

केन्द्रबाट ज्येष्ठ नागरिकलाई अश्वगन्धा चुर्ण र अमला चुर्ण वितरण गर्ने गरिएको केन्द्रले जनाएको छ । केन्द्रबाट आम नागरिकले थेरापीको रूपमा बुझ्ने गरेको पूर्वकर्म÷पञ्चकर्म प्रदेशकै आयुर्वेद केन्द्रभन्दा फरक रुपले उपचार गर्ने गरिएको डा श्रेष्ठले बताउनुभयो । जसअन्तर्गत मालिस गर्ने, बाफ लगाएर सेक्ने, तेल लगाएर मलद्वाराबाट तेलको प्रवाह, आवश्यकतानुसार वान्ता गराउने, पखाला गराउनेलगायत क्रियाकलाप गर्ने गरिएको छ ।

आयुर्वेदिक औषधिले स्वास्थ्यमा सुधार आएपछि उपचार पद्धतिप्रति विश्वास बढेको भद्रपुर नगरपालिका–८ का किरन पोखरेलले बताउनुभयो । “मेरो ग्यास्ट्रिकको समस्या छ, विभिन्न अस्पतालमा उपचार गराउँदा पनि निको नभएपछि अहिले दुई महिनादेखि नियमित यहाँ आएर उपचार गराइरहेको छु, खाना पनि रुच्न थालेको छ, यहाँ उपचार गराउन थालेपछि सुधार भइरहेको छ”, उहाँले भन्नुभयो ।

ढाडको समस्या भएर केन्द्रमा पूर्वकर्म÷पञ्चकर्म गराइरहनुभएका हल्दीबारीका विकास राजवंशी उपचार सुरु भएको केही दिनपछि दुखाइ कम हुन थालेको बताउनुहुन्छ । आयुर्वेदिक औषधिले स्वास्थ्यमा देखिएको सुधारका कारण यहाँका नागरिक आयुर्वेदप्रति आकर्षित हुन थालेका छन् । रासस