७ श्रावण २०८३, बिहीबार
,
Latest
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबीच छलफल पूर्वाधार न्यायाधिकरण सम्बन्धी विधेयकलाई अन्तिम रूप दिन छलफल दक्षिणी थाइल्यान्डमा आक्रमण, पाँच सैनिकको मृत्यु सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुन्छः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबार प्रवेशमा कडाइ गर्दै सरकारः सबै प्रवेश पास खारेज



अ+ अ-

काठमाडौं । पछिल्ला केहीदिनदेखि कोरोनाभाइरस संक्रमण तीब्र बढेसँगै सरकारले सिंहदरबार प्रवेशमा कडाई गरेको छ । 

गृह मन्त्रालयले आज विज्ञप्ती जारी गर्दै अहिलेसम्म सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालय लगायतबाट जारी भएका सवै प्रकारका स्थायी र अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गरेको हो ।

मन्त्रालयले अब नयाँ स्थायी, अस्थायी पास, अस्थायी परिचयपत्र जारी गर्नुपरेमा आवश्यकता हेरी सम्बन्धित निकायको सिफारिसमा गृह मन्त्रालयको पूर्व सहमति लिई सम्बन्धित निकायबाटै जारी गरिने पनि उल्लेख गरेको छ ।

यद्यपि, पत्रकारको हकमा भने सूचना विभागबाट जारी भएको परिचयपत्रको आधारमा प्रवेश गर्न दिइने गृहले जनाएको छ । ।