७ पुष २०८२, सोमबार
,
Latest
एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेडाबाख्रा ओसारपसार गर्दा निरोगी प्रमाणित गर्नुपर्ने



अ+ अ-

बैतडी। बैतडीको डिलाशैनी गाउँपालिकामा भेडाबाख्रा र च्याङ्ग्रा ओसारपसार गर्दा अनिवार्य रूपमा निरोगी प्रमाणित गर्नुपर्ने भएको छ ।

गाउँपालिकाले एक सूचना जारी गर्दै महामारी रोग ‘पिपिआर’ फैलन नदिन भेडाबाख्रा र च्याङ्ग्रा ओसारपसार गर्दा अनिवार्य रूपमा निरोगी प्रमाणित भएको हुनुपर्ने जनाएको हो । पञ्चेश्वरलगायत क्षेत्रमा बाख्रामा लाग्ने महामारी रोग पिपिआर देखिएकाले त्यसबाट बच्न यस्तो गर्नुपरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शङ्करबहादुर साउँदले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले महामारी फैलनबाट बच्न अनिवार्य रूपमा निरोगी प्रमाणित गर्न आग्रह गर्रिको बताउनुभयो । उहाँले भन्नुभयो, “महामारी रोग पिपिआर फैलनबाट बच्न अनिवार्य रूपमा निरोगी प्रमाणित गर्न भनेका हौँ । पालिकाभरिका सबै किसानलाई निरोगी प्रमाणित गरेर मात्र किनबेच गर्न आग्रह गर्दर्छौँं ।”

यसअघि पञ्चेश्वर गाउँपालिका–६ मा पर्ने बिजुल गाउँमा पिपिआरबाट ५७ बाख्रा मरेका थिए । यस रोगले एकै गाउँका ५७ बाख्रा मरेपछि पञ्चेश्वर गाउँपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनको संयुक्त आयोजनामा पशु स्वास्थ्य शिविरसमेत गरिएको थियो ।

शिविरका साथै हाल पनि बाख्रालाई पिपिआरविरुद्धको खोप दिने कार्यक्रम नियमित रूपमा सञ्चालनमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख गुमानी पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रभावित क्षेत्रमा पशुस्वास्थ्य शिविरको आयोजना गरेका छौँ । यसबाहेक आसपासका गाउँमा नियमित खोप दिने कार्य भइरहेको छ ।”

जिल्लाका अन्य पालिकालाई पनि भेडाबाख्रा ओसारपसार गर्दा अनिवार्य निरोगी प्रमाणित गर्न विज्ञ केन्द्रले आग्रह गरेको छ । बाख्रामा कुनै लक्षण देखिएमा विज्ञ केन्द्र र पालिकाको पशुसेवा केन्द्रमा सम्पर्क गर्न सुझाइएको छ । पिपिआर रोग भएका बाख्रामा ज्वरो आउने, खोक्ने, रगत छेर्नेलगायत लक्षण देखिन्छ । लक्षण देखिएको एक सातामै बाख्राको मृत्यु हुने गरेको जनाइएको छ । रासस