१३ चैत्र २०८१, बुधबार
March 26, 2025 Wednesday
Latest
गिरिजाप्रसाद कोइराला सभागृहको अलपत्र निर्माण कार्य अघि बढाउने प्रधानमन्त्रीको प्रतिद्धता गण्डकी प्रदेशसभाः अपाङ्गतासम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल काँकरभिट्टा नाकाबाट करिब १२ अर्ब ७४ करोडको पेट्रोलिय पदार्थको आयात चितवनमा निर्मित खानेपानी आयोजनाबाट १६ हजार बढी लाभान्वित युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ ‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन सुखद् नतिजा ल्याउने अपेक्षामा एफसी चितवन र पोखरा सरकारको निर्णयविरुद्ध कुलमान सर्वोच्चमा अर्घाखाँचीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु राजावादीहरुले शहरी विद्रोहबाट सत्ता कब्जा गर्ने सपना देखेः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मण्डनदेउपुर र जापानको फुजिनोमिया नगरबीच भगिनी सम्बन्ध



अ+ अ-

काभ्रेपलाञ्चोक। यहाँको मण्डनदेउपुर नगरपालिका र जापानको फुजिनोमिया नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । यससँगै अब दुई नगरबीच कृषि, पर्यटन, सामाजिक र सांस्कृतिक गतिविधिलगायत विषयमा आदानप्रदानका लागि सहमति भएको छ ।

यसलाई अन्तिम रूप दिई कार्य प्रारम्भ गर्न आज फुजिनोमियाका नगरप्रमुख हितोतादा सुदोसहितको टोलीले मण्डनदेउपुर नगरको औपचारिक भ्रमणपश्चात् भगिनी सम्बन्धको औपचारिक घोषणा गरिएको छ । नगरसभाको दोस्रो विशेष अधिवेशन–२०८१ आयोजना गरी मण्डनदेउपुरका नगरप्रमुख टोकबहादुर वाइवा र सुदोले सम्बन्धमा हस्ताक्षर गरी आदानप्रदान गर्नुभयो । गभिनी सम्बन्धका लागि जापानका लागि नेपालका राजदूत डा दुर्गा सुवेदीले विशेष समन्वय गरेको नगरप्रमुख वाइबाले जानकारी दिनुभयो ।

उहाँले विकसित देश जापानको नगरसँग भगिनी सम्बन्ध स्थापित हुनु गौरवको विषय भएको र यसले यहाँको कृषि, पर्यटन, सामाजिक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक गतिविधि आदानप्रदानका साथै यी क्षेत्रको विकासमा थप प्रगति हुने अपेक्षा रहेको बताउनुभयो । नगरप्रमुख वाइबाले जापानले यसअघि पनि नेपालको विकासमा धेरै सहयोग गरिरहेकाले यो सम्बन्ध मण्डनदेउपुरको विकासमा समेत कोसेढुङ्गा सावित हुने विचार व्यक्त गर्नुभयो ।

त्यस अवसरमा सुदोले दुई नगरबीचको सम्बन्धको सुरुआतको क्षण ऐतिहासिक भएको चर्चा गर्दै यसले आगामी दिनमा दुई नगरको विविध आयामलाई थप उजागर गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “अब हामी दुई नगरको सम्बन्ध प्रगाढ हुँदै जानेछ”, उहाँले भन्नुभयो ।

गत माघ दोस्रो साता मण्डनदेउपुरका जनप्रतिनिधिको टोलीले जापान भ्रमणका क्रममा फुजिनोमिया नगरसँग भएको भगिनीसम्बन्धको सम्झौतालाई आज औपचारिकता दिइएको हो । रासस