१ श्रावण २०८३, शुक्रबार
,
Latest
मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन अवैध लागुऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मण्डनदेउपुर र जापानको फुजिनोमिया नगरबीच भगिनी सम्बन्ध



अ+ अ-

काभ्रेपलाञ्चोक। यहाँको मण्डनदेउपुर नगरपालिका र जापानको फुजिनोमिया नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । यससँगै अब दुई नगरबीच कृषि, पर्यटन, सामाजिक र सांस्कृतिक गतिविधिलगायत विषयमा आदानप्रदानका लागि सहमति भएको छ ।

यसलाई अन्तिम रूप दिई कार्य प्रारम्भ गर्न आज फुजिनोमियाका नगरप्रमुख हितोतादा सुदोसहितको टोलीले मण्डनदेउपुर नगरको औपचारिक भ्रमणपश्चात् भगिनी सम्बन्धको औपचारिक घोषणा गरिएको छ । नगरसभाको दोस्रो विशेष अधिवेशन–२०८१ आयोजना गरी मण्डनदेउपुरका नगरप्रमुख टोकबहादुर वाइवा र सुदोले सम्बन्धमा हस्ताक्षर गरी आदानप्रदान गर्नुभयो । गभिनी सम्बन्धका लागि जापानका लागि नेपालका राजदूत डा दुर्गा सुवेदीले विशेष समन्वय गरेको नगरप्रमुख वाइबाले जानकारी दिनुभयो ।

उहाँले विकसित देश जापानको नगरसँग भगिनी सम्बन्ध स्थापित हुनु गौरवको विषय भएको र यसले यहाँको कृषि, पर्यटन, सामाजिक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक गतिविधि आदानप्रदानका साथै यी क्षेत्रको विकासमा थप प्रगति हुने अपेक्षा रहेको बताउनुभयो । नगरप्रमुख वाइबाले जापानले यसअघि पनि नेपालको विकासमा धेरै सहयोग गरिरहेकाले यो सम्बन्ध मण्डनदेउपुरको विकासमा समेत कोसेढुङ्गा सावित हुने विचार व्यक्त गर्नुभयो ।

त्यस अवसरमा सुदोले दुई नगरबीचको सम्बन्धको सुरुआतको क्षण ऐतिहासिक भएको चर्चा गर्दै यसले आगामी दिनमा दुई नगरको विविध आयामलाई थप उजागर गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “अब हामी दुई नगरको सम्बन्ध प्रगाढ हुँदै जानेछ”, उहाँले भन्नुभयो ।

गत माघ दोस्रो साता मण्डनदेउपुरका जनप्रतिनिधिको टोलीले जापान भ्रमणका क्रममा फुजिनोमिया नगरसँग भएको भगिनीसम्बन्धको सम्झौतालाई आज औपचारिकता दिइएको हो । रासस