५ असार २०८३, शुक्रबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फिफा विश्वकप फुटबल: क्यानडाद्वारा कतारमाथि ६-० को फराकिलो जित ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

काेराेना संक्रमणबाट थप ४ जनाकाे मृत्यु, उपत्यकामा थपिए १३४ जना संक्रमित



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाका २ तथा काभ्रे र सिन्धुपाल्चोकका १—१ जनाको कोरोनाबाट मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ८ का ६० वर्षिय पुरुष रहेका छन । उनको साउन २६ गते प्रादेशिक अस्पताल जनकपुरमा उपचरका क्रममा मृत्यु भएको हो ।

यस्तै धनुषाको मिथिला विहारी नगरपालिका ५ का ५० वर्षिय पुरुषको कोरोनाबाट साउन २५ गते निधन भएको हो । उनी क्यान्सर अस्पताल जनकपुरमा कार्यरत थिए । यसैगरी काभ्रेको पाँचखाल नगरपालिका १ बस्ने ५० वर्षिया महिलाको साउन २७ गते किष्ट मेडिकल कलेज शिक्षण अस्पताल ललितपुर र सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका ४ का ८४ वर्षिय वृद्धको २२ गते त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासीक तथा भास्कुलर सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।

आज मंगलबार पीसीआर विधिबाट १० हजार ४ सय ६२ परीक्षण भएकोमा ६ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा मात्रै आज १ सय ३४ जनामा जनामा संक्रमण देखिएको छ । जसमा काठमाडौं जिल्लामा १ सय १० जना, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण देखिएको प्रवक्ता डा. गौतमले बताउनुभयो । यस्तै देशभरी १ सय ८३ जना चिकित्सकहरु संक्रमित रहेका छन ।

प्रदेश नम्बर १ मा ८ जना, प्रदेश नम्बर २ मा ७८ जना, बागमती प्रदेशमा १६ जना र गण्डकी प्रदेशमा २० जना चिकित्सकमा कोरोना संक्रमण देखिएको उहाँले बताउनुभयो । यस्तै प्रदेश नम्बर ५ मा १२ जना, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २७ जना चिकित्सक संक्रमित रहेका छन । नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ ।

आज १ सय ७१ जना संक्रमित निको भएर घर फर्किएका छन । प्रदेश नम्बर १ मा १ हजार ४४, प्रदेश नम्बर २ मा ३ हजार ३ सय ८५, बागमती प्रदेशमा ६ सय १८ र गण्डकी प्रदेशमा १ हजार ४ सय ८७ जना संक्रमित डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार १ सय ८९, कर्णाली प्रदेशमा १ हजार ९ सय र सुदूरपश्चिम प्रदेशमा ४ हजार ४१ जना संक्रमित गरी आजसम्म १६ हजार ६ सय ६४ जना संक्रमित डिस्चार्ज भए घर फर्किएका छन ।

प्रदेश नम्बर १ मा ५ सय ३९, प्रदेश नम्बर २ मा ३ हजार ३ सय ४७, बागमती प्रदेशमा १ हजार ३ सय ५२ र गण्डकी प्रदेशमा २ सय २४ जना सक्रिय संक्रमित उपचाररत रहेका छन । प्रदेश नम्बर ५ मा ६ सय ४६, कर्णाली प्रदेशमा १ सय ९७ र सुदूरपश्चिम प्रदेशमा ८ सय ९६ गरी देशभरी ७ हजार २ सय १ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन । जसमा २ सय २४ जना संक्रमित होम आइसोलेसनमा उपचाररत रहेका छन । यस्तै आइसियुमा ८५ जना र भेन्टिलेटरमा ३ जना संक्रमित उपचाररत रहेका छन । देशभरी आइसियु बेड क्षमता ११ सय ३४ रहेको छ, भने भेन्टिलेटर सहितका बेड ५ सय ७६ वटा रहेका छन ।

प्रदेश नम्बर १ मा २ हजार ६ सय १४, प्रदेश नम्बर २ मा १ हजार ५ सयि ८०, बागमती प्रदेशमा १ हजार १९ र गण्डकी प्रदेशमा ९ सय ५५ जना कवारेन्टिनमा रहेका छन । प्रदेश नम्बर ५ मा १ हजार ८ सय १२, कर्णाली प्रदेशमा ६ सय ८९ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ८९ गरी देशभरी ११ हजार ५८ जना क्वारेन्टिनमा रहेका छन ।