८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

भ्रमपूर्ण तथा चरित्र हत्या गर्ने समाचार प्रकाशन गर्न हुँदैन- सतिशकुमार सिंह

भ्रमपूर्ण तथा चरित्र हत्या गर्ने समाचार प्रकाशन गर्न हुँदैन- सतिशकुमार सिंह
अ+ अ-

जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले  देश र समाज विकासमा पत्रकारिता क्षेत्रको अहम् भूमिका रहेकाले भ्रमपूर्ण तथा चरित्र हत्या गर्ने खालका समाचार सम्प्रेषण नगर्न आग्रह गर्नुभएको छ ।

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित ‘अनलाइन मिडिया, युट्युब तथा पत्रकारिता क्षेत्रका समसामयिक सवाल’ विषयक एकदिने अभिभुखीकरण तथा छलफल कार्यक्रममा  उहाँले  पत्रकारले  सत्यतथ्यको आधारमा कलम चलाउनुपर्ने धारणा राख्नुभयो ।

मुख्यमन्त्री सिंहले भन्नुभयो, “पत्रकारले सकारात्मक सोचका साथ समाजलाई मार्गदर्शन दिने हिसाबले कार्य गनुपर्छ । मुलुकमा आर्थिक मन्दीका कारण पत्रकारिता क्षेत्रसमेत समस्यामा छ तर पनि पत्रकारिता क्षेत्रको विकासका लागि तीनै तहका सरकारले कुनै भेदभाव नराखी सहयोग गर्नुपर्छ ।”

उहाँले मधेस प्रदेश सरकारले सञ्चार माध्यम तथा पत्रकारको वृत्ति विकासका लागि योजनाबद्ध तरिकाले कार्य गरिरहेको जानकारी दिनुभयो ।मधेस प्रदेशका प्रमुख सचिव मदन भुजेलले आधुनिक प्रविधिको प्रयोग एवं अनलाइन मिडिया र सामाजिक सञ्जालले पत्रकारिता क्षेत्रमा चुनौती आएको उल्लेख गर्दै पत्रकारले कलम चलाउँदा आचारसंहिताको पालना गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव उद्धवप्रसाद रिजालले प्रदेश सरकारले पत्रकारको हित तथा  पत्रकारिता क्षेत्रमा कार्य गर्ने आमसञ्चार प्राधिकरण तथा मिडिया काउन्सिलको रिक्त अध्यक्ष तथा सदस्य पदमा छिटो नियुक्ति गर्ने प्रक्रिया अगाडि बढाएको बताउनुभयो । उहाँले ती निकायमार्फत पत्रकार स्वास्थ्य तथा दुर्घटना बिमालगायत कार्य अगाडि बढाइएको जानकारी दिनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव कोषहरि निरौलाले सामाजिक सञ्जाल तथा अनलाइन मिडियामा देखिएको विकृतिलाई नियमन अहिले चुनौती रहेको बताउनुभयो । उहाँले गोरखापत्र र राष्ट्रिय समाचार समिति (रासस)को ऐन तथा विनियावली छिट्टै आउने र आमसञ्चार विधेयक संसद्मा छिट्टै लैजाने प्रक्रियामा रहेको जानकारी दिनुभयो ।

त्यस अवसरमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य राजेशकुमार कर्ण, महासङ्घ धनुषाका अध्यक्ष पुरन गुप्ताले पत्रकारको हितमा तीनै तहका सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा उपसचिव ममता बाँस्तोला, प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत रहम्तुल्ला मियाँ, मधेश प्रदेश मुख्यमन्त्रीका पे्रस सल्लाहकार अनिलकुमार कर्णलगायतले विविध विषयमा सहजीकरण गर्नुभएको थियो । रासस