१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

जनता उज्यालोबाट अन्धकारतर्फ जान सक्दैनन्ः महासचिव पोखरेल

जनता उज्यालोबाट अन्धकारतर्फ जान सक्दैनन्ः महासचिव पोखरेल
file
अ अ+ अ-

विराटनगर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले अब नेपाली जनता उज्यालोबाट अन्धकारतर्फ जान नसक्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपालको १०औँ राष्ट्रिय अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले जनतामा देखिएको निरासालाई चिर्ने उद्देश्यका साथ गठित मुलुकका दुई ठूला राजनीतिक दल सम्मिलित वर्तमान सरकारले देश र जनताका पक्षमा काम गरिरहेको बताउनुभयो ।

राजनीतिक स्थिरताका लागि दुई ठूला दल मिलेर वर्तमान सरकार बनेको स्पष्ट गर्दै महासचिव पोखरेलले भन्नुभयो, “जब मुलुकमा समस्या आउँछ तब नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बन्ने गर्दछ । यसरी बनेको शक्तिशाली सरकारले समस्याको समाधानसहित देशलाई राजनीतिक निकास दिन्छ ।”

एक अर्काे प्रसङ्गमा उहाँले एकदलीय पञ्चायति शासनकालमा नेपाली जनताको नैसर्गिक अधिकार हनन भएको तथा आधारभूत आवश्यकताबाट आमजनता वञ्चित हुनुपरेको दृष्टान्त प्रस्तुत गर्दै लोकतन्त्रको स्थापनापछि शिक्षा, स्वास्थ्य, सडक, खानेपानीलगायतका आधारभूत आवश्यकता पूरा भई देश विकास निर्माणको बाटोमा अघि बढेको स्पष्ट गर्नुभयो ।

हल्लाका पछि लाग्नुभन्दा सत्यतथ्यका आधारमा समाचार सम्प्रेषण गरी आम जनतालाई सुसूचित गर्न सञ्चारकर्मीको ध्यानाकर्षण गर्दै उहाँले भन्नुभयो, “पञ्चायती व्यवस्था मुलुकको लागि अन्धकार व्यवस्था थियो, जहाँ साक्षरता प्रतिशत कम थियो, बिजुली उत्पादन हुन सकेको थिएन, नागरिकको प्रतिव्यक्ति आम्दानी कम थियो र खानेपानी सुविधाबाट जनता बञ्चित थिए ।”

महासचिव पोखरेलले नेपाललाई राम्रो भएको देख्न नचाहने समूहकै कारण मुलुकमा राजनीतिक अस्थिरता सिर्जना हुनेगरेको उल्लेख गर्दै जनता सचेत भइसकेको अहिलको अवस्थामा भ्रम सिर्जना गरेर कसैलाई पनि गुमराहमा राख्न नसकिने धारणा व्यक्त गर्नुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, “लोकतान्त्रिक शासन व्यवस्थामा सञ्चारमाध्यममा अङ्कुश लाग्दैन, लाग्नुहुँदैन, तर लोकतन्त्रको नाममा जथाभावी गर्ने छुट भने दिन सकिँदैन ।” उहाँले सार्वभौम जनताबाट घोषित लोकतन्त्र कसैले पनि मास्न नसकिने बताउँदै लोकतन्त्र दुर्घटनामा प¥यो भने आमनागरिकले दुःख पाउने भएकाले त्यसतर्फ हामी सबै सचेत हुनुपर्दछ भन्नुभयो ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस चौतारी कोशी प्रदेश इञ्चार्ज विक्रम लुइँटेललगायतले बोल्नुभएको थियो । रासस