१३ चैत्र २०८१, बुधबार
March 26, 2025 Wednesday
Latest
काठमाडौंमा भूकम्पको धक्का गिरिजाप्रसाद कोइराला सभागृहको अलपत्र निर्माण कार्य अघि बढाउने प्रधानमन्त्रीको प्रतिद्धता गण्डकी प्रदेशसभाः अपाङ्गतासम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल काँकरभिट्टा नाकाबाट करिब १२ अर्ब ७४ करोडको पेट्रोलिय पदार्थको आयात चितवनमा निर्मित खानेपानी आयोजनाबाट १६ हजार बढी लाभान्वित युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ ‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन सुखद् नतिजा ल्याउने अपेक्षामा एफसी चितवन र पोखरा सरकारको निर्णयविरुद्ध कुलमान सर्वोच्चमा अर्घाखाँचीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनता उज्यालोबाट अन्धकारतर्फ जान सक्दैनन्ः महासचिव पोखरेल



file
अ+ अ-

विराटनगर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले अब नेपाली जनता उज्यालोबाट अन्धकारतर्फ जान नसक्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपालको १०औँ राष्ट्रिय अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले जनतामा देखिएको निरासालाई चिर्ने उद्देश्यका साथ गठित मुलुकका दुई ठूला राजनीतिक दल सम्मिलित वर्तमान सरकारले देश र जनताका पक्षमा काम गरिरहेको बताउनुभयो ।

राजनीतिक स्थिरताका लागि दुई ठूला दल मिलेर वर्तमान सरकार बनेको स्पष्ट गर्दै महासचिव पोखरेलले भन्नुभयो, “जब मुलुकमा समस्या आउँछ तब नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बन्ने गर्दछ । यसरी बनेको शक्तिशाली सरकारले समस्याको समाधानसहित देशलाई राजनीतिक निकास दिन्छ ।”

एक अर्काे प्रसङ्गमा उहाँले एकदलीय पञ्चायति शासनकालमा नेपाली जनताको नैसर्गिक अधिकार हनन भएको तथा आधारभूत आवश्यकताबाट आमजनता वञ्चित हुनुपरेको दृष्टान्त प्रस्तुत गर्दै लोकतन्त्रको स्थापनापछि शिक्षा, स्वास्थ्य, सडक, खानेपानीलगायतका आधारभूत आवश्यकता पूरा भई देश विकास निर्माणको बाटोमा अघि बढेको स्पष्ट गर्नुभयो ।

हल्लाका पछि लाग्नुभन्दा सत्यतथ्यका आधारमा समाचार सम्प्रेषण गरी आम जनतालाई सुसूचित गर्न सञ्चारकर्मीको ध्यानाकर्षण गर्दै उहाँले भन्नुभयो, “पञ्चायती व्यवस्था मुलुकको लागि अन्धकार व्यवस्था थियो, जहाँ साक्षरता प्रतिशत कम थियो, बिजुली उत्पादन हुन सकेको थिएन, नागरिकको प्रतिव्यक्ति आम्दानी कम थियो र खानेपानी सुविधाबाट जनता बञ्चित थिए ।”

महासचिव पोखरेलले नेपाललाई राम्रो भएको देख्न नचाहने समूहकै कारण मुलुकमा राजनीतिक अस्थिरता सिर्जना हुनेगरेको उल्लेख गर्दै जनता सचेत भइसकेको अहिलको अवस्थामा भ्रम सिर्जना गरेर कसैलाई पनि गुमराहमा राख्न नसकिने धारणा व्यक्त गर्नुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, “लोकतान्त्रिक शासन व्यवस्थामा सञ्चारमाध्यममा अङ्कुश लाग्दैन, लाग्नुहुँदैन, तर लोकतन्त्रको नाममा जथाभावी गर्ने छुट भने दिन सकिँदैन ।” उहाँले सार्वभौम जनताबाट घोषित लोकतन्त्र कसैले पनि मास्न नसकिने बताउँदै लोकतन्त्र दुर्घटनामा प¥यो भने आमनागरिकले दुःख पाउने भएकाले त्यसतर्फ हामी सबै सचेत हुनुपर्दछ भन्नुभयो ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस चौतारी कोशी प्रदेश इञ्चार्ज विक्रम लुइँटेललगायतले बोल्नुभएको थियो । रासस