१३ चैत्र २०८१, बुधबार
March 26, 2025 Wednesday
Latest
काठमाडौंमा भूकम्पको धक्का गिरिजाप्रसाद कोइराला सभागृहको अलपत्र निर्माण कार्य अघि बढाउने प्रधानमन्त्रीको प्रतिद्धता गण्डकी प्रदेशसभाः अपाङ्गतासम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल काँकरभिट्टा नाकाबाट करिब १२ अर्ब ७४ करोडको पेट्रोलिय पदार्थको आयात चितवनमा निर्मित खानेपानी आयोजनाबाट १६ हजार बढी लाभान्वित युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ ‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन सुखद् नतिजा ल्याउने अपेक्षामा एफसी चितवन र पोखरा सरकारको निर्णयविरुद्ध कुलमान सर्वोच्चमा अर्घाखाँचीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘स्रोतको सही सदुपयोग गरी मुलुकको आर्थिक विकासमा लाग्नुपर्छ’



अ+ अ-

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले स्रोतको सही सदुपयोग गरी मुलुकको आर्थिक विकासमा लाग्नुपर्ने बताउनुभएको छ ।

शनिबारदेखि सुरु भएको ‘प्रथम राष्ट्रिय पानी सम्मेलन–२०८१’ को समापन सत्रमा उहाँले मुलुकभित्र भएको स्रोतसाधनको सही सदुपयोग गरी न्यायोचित वितरणमा लाग्नुपर्ने बताउनुभयो ।

मन्त्री खड्काले सबै राजनीतिक दलको साझा धारणा मुलुकलाई जलस्रोेतमार्फत समृद्ध बनाउने भएकाले सम्मेलनमा उठेका सुझावलाई सरकारले ग्रहण गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “सम्मेलनमा हिमनदीको संरक्षण, एकीकृत जलस्रोत व्यवस्थापन, जल सुशासन र जनसहभागिता, अन्तरदेशीय सहकार्य, बृहत् आयोजनाबाट हुनुपर्ने सेवा प्रवाह, जलस्रोतको बहुउपयोग र जलवायु परिवर्तन, कृषि उत्पादकत्व, खानेपानी र सरसफाइ, जलस्रोतको उपयोगका विषयमा गहन छलफल भएको छ । यसलाई मार्गदर्शनका रूपमा स्वीकार्दै कार्यान्वयन गर्न मन्त्रालय लाग्नेछ”, उहाँले भन्नुभयो ।

जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मधुप्रसाद भेटुवालले दुई दिने सम्मेलनले गरेको प्रतिबद्धतालाई आयोगले कार्यान्वयनमा लैजाने बताउनुभयो । उहाँले पानीमार्फत मुलुकमा रोजगारी सिर्जना गर्नका लागि यस्ता सम्मेलनले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनले नौ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ । रासस