२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानी टयाङ्करले ठक्कर दिँदा दुईको मृत्यु



अ+ अ-

नेपालगञ्ज। बाँकेको डुडुवा गाउँपालिका–२ स्थित बेतहानीमा आज पानी टयाङ्करले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

भे १ ख ४१०७ नं को पानी टयाङ्करले ठक्कर दिँदा स्थानीय बालक नौ वर्षीय शिउकुमार गोदिया र आठ वर्षीय विशाल गोदियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक यामबहादुर मल्लले जानकारी दिनुभयो ।

घटनापछि आक्रोशित भएका स्थानीयले टयाङ्करमा आगजनी गरेका छन् । आगजनीबाट गाडी पूर्ण रूपमा क्षति भएको छ । अहिले पनि आगजनी र तोडफोड भइरहेको प्रहरी निरीक्षक मल्लले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी धर्मराज जोशिले स्थिति नियन्त्रण बाहिर रहेकाले केही राउण्ड हवाइ फायर गर्नुपरेको बताउनुभयो । “घटनाको सबै विवरण अझै आइसकेको छैन तर स्थिति नियन्त्रण बाहिर छ”, उहाँले भन्नुभयो । रासस




भर्खरै