११ आश्विन २०८१, शुक्रबार
,
Latest
न्यायपरिषदको बैठक जारी ,बार एशोसिएशनको धर्ना निरन्तर काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट छैनः पर्यटनमन्त्री पाण्डे पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री सिंह पूर्वी र मध्य तराईमा अत्याधिक वर्षा, सतर्क रहन आग्रह मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छः परराष्ट्रमन्त्री सन्दर्भ विश्व पर्यटन दिवस: ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल आइएमई पेबाट मात्र रु १ मा हवाई टिकट पहिरोले राप्ती लोकमार्ग अवरुद्ध ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा कोरोना भाइरसबाट थप ४ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाका २ तथा काभ्रे र सिन्धुपाल्चोकका १—१ जनाको कोरोनाबाट मृत्यु भएको हो । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ८ का ६० वर्षिय पुरुष रहेका छन । उनको साउन २६ गते प्रादेशिक अस्पताल जनकपुरमा उपचरका क्रममा मृत्यु भएको हो । यस्तै धनुषाको मिथिला विहारी नगरपालिका ५ का ५० वर्षिय पुरुषको कोरोनाबाट साउन २५ गते निधन भएको हो । 

उनी क्यान्सर अस्पताल जनकपुरमा कार्यरत थिए । यसैगरी काभ्रेको पाँचखाल नगरपालिका १ बस्ने ५० वर्षिया महिलाको साउन २७ गते किष्ट मेडिकल कलेज शिक्षण अस्पताल ललितपुर र सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका ४ का ८४ वर्षिय वृद्धको २२ गते त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासीक तथा भास्कुलर सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।