१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

देशभर कोरोना संक्रमण बढ्यो, सरकारद्वारा थप कडाइ

देशभर कोरोना संक्रमण बढ्यो, सरकारद्वारा थप कडाइ
अ अ+ अ-

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको भन्दै पुनः होटल तथा रेस्टुरेस्ट बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले होटल र रेस्टुरेस्टमा बसेर खान नपाइने निर्णय गरेको हो भने ‘टेक अवे’ सुविधा भने खुला गरेको छ । अब होटल र रेस्टुरेस्टबाट सामान प्याक गरेर लैजान मात्र पाइने भएको छ । यसअघि मन्त्रिपरिषद् बैठकले १५ साउनदेखि होटल तथा रेस्टुरेस्ट सञ्चालन गर्न अनुमति दिएको थियो ।

सरकारले अत्यावश्यकबाहेकमा कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेला जस्ता सामूहिक जमघटका कार्य निषेध गर्ने निर्णय पनि गरेको छ । यस्तै, दुई सयभन्दा बढी संक्रमित भएका जिल्ला र काठमाडौं उपत्यकाका सरकारी तथा गैरसरकारी निकाय, बैंक, सहकारी, लघुवित्त एवं वित्तीय संघ संस्थालगायत प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्र्ने सबै कार्यालयलाई ५० प्रतिशत कर्मचारी आलोपालो गरी उपस्थित हुने र घरबाटै सम्पादन गर्न सकिने तोकिएका कार्यहरू गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ भने विद्युतीय माध्यमबाट सेवा प्रवाहको व्यवस्था मिलाउने निर्णय पनि गरेको छ । सरकारले चाडपर्वहरू आआफ्नै घरभित्र रही जनस्वास्थ्यका मापदण्डहरू पालना गरेर आ–आफ्नो परिवारका सदस्यले मात्र मनाउन पाउने निर्णय पनि गरेको छ ।

सरकारले शैक्षिक संस्थाहरू, सबै प्रकारका सभा, तालिम, सेमिनार, सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्युटीपार्लर तथा स्पा, स्विमिङ पुल, जिमखानालगायत हेल्थ क्लब, समूहमा खेलिने खेलकुद र खेल मैदानमा हुने प्रस्तुति, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल, पुस्तकालय, चिडियाखानाको निषेध यथावत् राख्ने निर्णय गर्दै पालनामा कडाइ गर्ने निर्णय गरेको छ । यस्तै, फुटपाथ(खुला ठाउँ र ठेलागाडा(साइकल सञ्चालनमा भइरहेका तरकारी, फलफूल, खाद्यान्न, लत्ता कपडाको व्यवसाय निषेध गर्ने निर्णय पनि गरेको छ ।

सरकारले लामो दुरी (अन्तरजिल्ला) सञ्चालन हुने यातायात सेवा पनि तत्काल नखुलाउने भएको छ । यसअघि १ भदौदेखि सञ्चालन गर्न दिने निर्णय गरेकामा सोमबारको मन्त्रिपरिषद् बैठकले १६ भदौसम्म सञ्चालन गर्न नदिने निर्णय गरेको हो । सरकारले भदौ मसान्तसम्म अन्तर्राष्ट्रिय उडान नखुलाउने निर्णयसमेत गरेको छ । सरकार प्रवक्ता, अर्थ, सूचना सञ्चार तथा प्रविधिमन्त्री डा. युवराज खतिवडाले सोमबारको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय उडान ३१ भदौ राति १२ बजेसम्म बन्द गरिएको र स्वदेश आउनैपर्नेलाई सहजीकरण गरेर ल्याइने जानकारी दिए ।

सरकारले विदेशमा अलपत्र परेका नेपालीहरूमध्ये ५ सयलाई मात्र उद्धार गर्ने भएको छ । सरकार प्रवक्ता खतिवडाले दैनिक अधिकतम ५ सय जना नेपाली नागरिकलाई मात्रै उद्धार उडान अनुमति दिने निर्णय भएको जानकारी दिँदै नेपालीहरूलाई संक्रमण मुक्त भएको यकिन भएपछि मात्रै गन्तव्यस्थल जान दिइने बताए । सरकारले भारतबाट कामदार ल्याउन पनि प्रतिबन्ध लगाएको छ । सरकारी निर्णय अटेर गरेर उद्योगहरूले लुकीछिपी कामदार ल्याए कारबाही गरिने डा. खतिवडाले बताए । सरकारले भारतबाट नेपाल छिर्ने नाका २० बाट दशमा झार्ने निर्णय पनि गरेको छ ।

प्रवक्ता खतिवडाका अनुसार अब झापाको काकडभिट्टा, मोरङको रानी, सिरहाको माडर, रौतहटको गौर, पर्साको वीरगन्ज, रूपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुना, कैलालीको गौरीफन्टा र कैलालीको गड्डा चौकी नाकाबाट मात्र नेपाल प्रवेश गर्न पाइनेछ । सरकारले अन्तर्राष्ट्रिय नाकाहरू तथा खुला सिमानाहरू भने ३१ भदौसम्म बन्द गर्ने निर्णय गरेको छ । राजधानी दैनिक