१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

काठमाडौँका दुईसहित आठ व्यक्ति मृत फेला

काठमाडौँका दुईसहित आठ व्यक्ति मृत फेला
प्रतीकात्मक तस्बिर
अ अ+ अ-

काठमाडौँ । काठमाडौँमा दुईसहित विभिन्न जिल्लामा आज आठ व्यक्ति मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काठमाडौँसहित सङ्खुवासभा, नवलपरासी (पश्चिम), ताप्लेजुङ, तेह्रथुम, सिरहा, नवलपरासी (पूर्व) मा यसरी मानिसको मृत्यु भएको हो । 

प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित गेष्ट हाउसमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–९ बस्ने ५० वर्षीय हर्कबहादुर गिरी आज मृत भेटिएका हुन् । गिरी सोमबारदेखि गेष्ट हाउसमा बस्दै आएकामा आफू बसेकै कोठाभित्र मृत फेला परेका थिए । यता काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरमा पार्किङ गरी राखेको पुरानो माइक्रोबसभित्र २२ वर्षीय एक पुरुष पनि मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।

यसैबीच सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ डडारे बस्ने ४० वर्षीय महेश राई मृत भेटिएका छन् । बिरामी भई डडारेस्थित जगत राईको घरमा सुतेका उनको शव वरण्डामा फेला परेको प्रहरीले जनाएको छ । उक्त घटनाको अनुसन्धानका लागि एक जनालाई पक्राउ गरिएको छ । नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका–५ बस्ने २८ वर्षीय दिनेश थारु घर नजिकैको खेतमा र नवलपरासी ९पूर्व०, मध्यबिन्दुस्थित नारायणी नदीको भङ्गालोमा एक पुरुष मृत भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । 

यस्तै ताप्लेजुङ, सिरिजङ्घा गाउँपालिका–५ पेदाङ बस्ने ६७ वर्षीय टीकाराम राई आफ्नै घर नजिकै मृत भेटिएका प्रहरीले जनाएको छ । उनी मिलमा गएकामा बेलुकासम्म नफर्कीएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो । तेह्रथुमको फेदाप गाउँपालिका–१ भोगटेनी बस्ने ५५ वर्षीय लाइनबहादुर लिम्बु सोही ठाउँस्थित कालिदह भिरमुनि मृत भेटिएका हुन् । मङ्गलबार मिस्त्रि काम गर्न गएकामा घर नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । 

यता सिरहाको मिर्चैया नगरपालिका–७ भालुखोलाको किनारमा परिचय खुल्न नसकेका करिब ४० वर्षीया महिला मृत अवस्थामा फेला परेको जनाइएको छ । सबै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।