२० माघ २०८१, आईतवार
,
Latest
क्यानाडाले मङ्गलबार अमेरिकामाथि जवाफी भन्सार महसुल लगाउने: ट्रुडो अमलटारीबाट ल्याइएको गैँडालाई खगेन्द्रमल्ली क्षेत्रमा छोडियो म्याग्दीका जिसस प्रमुख सहकारी ठगी आरोपमा पक्राउ बागबजारस्थित आराधना कम्प्लेक्समा सुट मेला जनकपुरमा व्यवसायीमाथि रड प्रहार गरी निर्घात कुटपिट जनकपुरमा कवाड व्यवसायीमाथि रड प्रहार, पाँच जना प्रहरी नियन्त्रणमा विश्वका ५ खतरनाक पुलहरु जसमा यात्रा गर्दा शरीर काँप्छ संरक्षित क्षेत्रमा सर्वोच्च अदालतको निर्णय पालना भए मुलुक जलविद्युत उत्पादनमा २० वर्ष पछि धकेलिन्छः अध्यक्ष… नेतन्याहूले गाजा युद्धविरामको दोस्रो चरणबारे अमेरिकासँग छलफल गर्ने अझै सम्पन्न भएन लमजुङ दरबारको पुनर्निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमितको उपचारमा चरम लापरवाही, जोखिम मोलेर घरमै बस्न बाध्य



अ+ अ-

धरान । धरानमा कोरोना संक्रमितको उपचारमा चरम लापरवाही गरिएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले संक्रमितलाई भर्ना लिन छाडेपछि धरान उपमहानगरवासी जोखिम मोलेर घरमै बस्न बाध्य छन्। बेड अभावको कारण देखाउँदै प्रतिष्ठानले सोमबार १२ जना संक्रमितलाई भर्ना गरेन। सरकारले कोरोना संक्रमण रोकथाम र उपचारमा करोडौं रकम खर्च गरेको बताए पनि प्रतिष्ठानले लापरवाही गरेको सेवाग्राहीको आरोप छ। संघीय र प्रदेश सरकार यसबारेमा चासो नदेखाएपछि स्थानीय तहका जनप्रतिनिधिले विरोध जनाएका छन्।

संक्रमित चिकित्सक नै बिरामीको उपचारमा संलग्न हुनु चरम लापरवाही भएको सेवाग्राहीको तर्क छ। आइतबार नाक, कान, घाँटी विभागका कोरोना संक्रमित चिकित्सक बिरामीको उपचारका लागि शल्यक्रिया विभागमा गएपछि सेवाग्राही असुरक्षित भएका उद्योग वाणिज्य संघ सुनसरीका सदस्य विष्णु बरालले बताए। प्रतिष्ठानले १२ जना संक्रमितलाई घरमै होम आइसोलेसनमा बस्न भन्दै फिर्ता पठाएको धरान उपमहानगरका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले बताए। धरानमा पछिल्लो समय भारतीय सेनामा कार्यरत नेपाली, वैदेशिक रोजगारीमा गएकामा संक्रमण देखिएको छ। तीनकुनेस्थित प्रीति भल्भबाट पनि संक्रमण फैलिएको छ। धरानमा संक्रमितको संख्या ५५ पुगेको छ। समुदायस्तरमा संक्रमण फैलिसकेको अवस्थामा बीपी प्रतिष्ठानले उपचार सहज नबनाउँदा जोखिम झनै बढेको धरान उपमहानगरका मेयर तिलक राईले बताए।

प्रतिष्ठान उपकुलपति डा. ज्ञानेन्द्र गिरीले स्थानीय निकायसँग समन्वय नगरेका उनको आरोप छ। यसबारेमा जानकारी लिन गिरीसँग पटकपटक फोन सम्पर्क गर्दा उनले फोन उठाएनन्। एक सय बेडको कोभिड अस्पताल प्याक भएकाले नयाँ संक्रमितलाई भर्ना लिन नसकिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए। संक्रमितलाई व्यवस्थापन गर्न केही समय लाग्ने सुनसरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेल बताउँछन्। सुनसरीको भुटाहा अस्पतालमा ५० बेडको आइसोलेसन र चतराको कृष्णदास आ श्रममा प्रदेश सरकारले अर्को आइसोलेसन स्थापना गर्ने तयारी गरेको उनले बताए।

बीपी प्रतिष्ठानको ओपीडी बन्द

कोरोना संक्रमित ओपीडीमा जँचाउन आएपछि प्रतिष्ठानले बुधबारदेखि ओपीडी सेवा बन्द गरेको छ। प्रतिष्ठानका चिकित्सक र नर्स संक्रमित हुन थालेपछि अनिश्चितकालका लागि ओपीडी सेवा बन्द गरिएको प्रतिष्ठानका सहायक निर्देशक डा. विकास साहले बताए।

प्रतिष्ठानले संक्रमितलाई भर्ना नलिए पछि धरान उपमहानगरले छुट्टै आइसोलेसनको व्यवस्था गरेको छ। धरान उपमहानगरपालिका–१९ स्थित हरियाली सामुदायिक वनको भवनमा २२ बेडको आइसोलेसन सेन्टर स्थापना गरिएको मेयर राईले बताए। सेन्टरमा सीसीटीभी जडान गरी बाहिरी सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ। अन्नपुर्णपोष्ट दैनिक