१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

कोरोना संक्रमितको उपचारमा चरम लापरवाही, जोखिम मोलेर घरमै बस्न बाध्य

कोरोना संक्रमितको उपचारमा चरम लापरवाही, जोखिम मोलेर घरमै बस्न बाध्य
अ अ+ अ-

धरान । धरानमा कोरोना संक्रमितको उपचारमा चरम लापरवाही गरिएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले संक्रमितलाई भर्ना लिन छाडेपछि धरान उपमहानगरवासी जोखिम मोलेर घरमै बस्न बाध्य छन्। बेड अभावको कारण देखाउँदै प्रतिष्ठानले सोमबार १२ जना संक्रमितलाई भर्ना गरेन। सरकारले कोरोना संक्रमण रोकथाम र उपचारमा करोडौं रकम खर्च गरेको बताए पनि प्रतिष्ठानले लापरवाही गरेको सेवाग्राहीको आरोप छ। संघीय र प्रदेश सरकार यसबारेमा चासो नदेखाएपछि स्थानीय तहका जनप्रतिनिधिले विरोध जनाएका छन्।

संक्रमित चिकित्सक नै बिरामीको उपचारमा संलग्न हुनु चरम लापरवाही भएको सेवाग्राहीको तर्क छ। आइतबार नाक, कान, घाँटी विभागका कोरोना संक्रमित चिकित्सक बिरामीको उपचारका लागि शल्यक्रिया विभागमा गएपछि सेवाग्राही असुरक्षित भएका उद्योग वाणिज्य संघ सुनसरीका सदस्य विष्णु बरालले बताए। प्रतिष्ठानले १२ जना संक्रमितलाई घरमै होम आइसोलेसनमा बस्न भन्दै फिर्ता पठाएको धरान उपमहानगरका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले बताए। धरानमा पछिल्लो समय भारतीय सेनामा कार्यरत नेपाली, वैदेशिक रोजगारीमा गएकामा संक्रमण देखिएको छ। तीनकुनेस्थित प्रीति भल्भबाट पनि संक्रमण फैलिएको छ। धरानमा संक्रमितको संख्या ५५ पुगेको छ। समुदायस्तरमा संक्रमण फैलिसकेको अवस्थामा बीपी प्रतिष्ठानले उपचार सहज नबनाउँदा जोखिम झनै बढेको धरान उपमहानगरका मेयर तिलक राईले बताए।

प्रतिष्ठान उपकुलपति डा. ज्ञानेन्द्र गिरीले स्थानीय निकायसँग समन्वय नगरेका उनको आरोप छ। यसबारेमा जानकारी लिन गिरीसँग पटकपटक फोन सम्पर्क गर्दा उनले फोन उठाएनन्। एक सय बेडको कोभिड अस्पताल प्याक भएकाले नयाँ संक्रमितलाई भर्ना लिन नसकिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए। संक्रमितलाई व्यवस्थापन गर्न केही समय लाग्ने सुनसरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेल बताउँछन्। सुनसरीको भुटाहा अस्पतालमा ५० बेडको आइसोलेसन र चतराको कृष्णदास आ श्रममा प्रदेश सरकारले अर्को आइसोलेसन स्थापना गर्ने तयारी गरेको उनले बताए।

बीपी प्रतिष्ठानको ओपीडी बन्द

कोरोना संक्रमित ओपीडीमा जँचाउन आएपछि प्रतिष्ठानले बुधबारदेखि ओपीडी सेवा बन्द गरेको छ। प्रतिष्ठानका चिकित्सक र नर्स संक्रमित हुन थालेपछि अनिश्चितकालका लागि ओपीडी सेवा बन्द गरिएको प्रतिष्ठानका सहायक निर्देशक डा. विकास साहले बताए।

प्रतिष्ठानले संक्रमितलाई भर्ना नलिए पछि धरान उपमहानगरले छुट्टै आइसोलेसनको व्यवस्था गरेको छ। धरान उपमहानगरपालिका–१९ स्थित हरियाली सामुदायिक वनको भवनमा २२ बेडको आइसोलेसन सेन्टर स्थापना गरिएको मेयर राईले बताए। सेन्टरमा सीसीटीभी जडान गरी बाहिरी सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ। अन्नपुर्णपोष्ट दैनिक