५ पुष २०८२, शनिबार
,
Latest
संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुशासन कायम गर्न अवरोध सिर्जना गरेका कारण सुशसान प्रवद्र्धनसम्बन्धी विधेयकः मन्त्री गुरुङ



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विद्यमान कानूनहरुले मुलुकमा सुशासन कायम गर्न अवरोध सिर्जना गरेको कारण सुशसान प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विधेयक ल्याइएको बताउनुभएको छ ।

आईतवार राष्ट्रिय सभाको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले सरकारले गरेको राम्रो कामको समेत विरोध गर्ने प्रतिपक्षको धर्म भएको उल्लेख गर्दै यसको कुनै ओखति नभएको तर्क गर्नुभयो । उहाँले सरकारले कति वटा ऐन संशोधन गर्यो भन्दापनि कानूनमा कति धेरै समस्या रहेछ भन्नेकुरा बुझ्न जरुरी रहेको बताउनु भयो । उहाँले योगमाया विश्वविद्यालयको नाम परिवर्तनको विषयलाई सत्तापक्षले फुलमाथिको बुट्टा र सुनमाथिको सुगन्ध जस्तो मानेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सत्तापक्षले योगमाया विश्वविद्यालयको नाम परिवर्तनको विषयलाई फुलमाथिको बुट्टाजस्तो र सुनमाथिको सुगन्ध जस्तै लागिरहेको छ । मेरो उत्तर यत्ति हो यसमा । गलत रहेको देखाइराख्ने त प्रतिपक्षको धर्म नै रहेछ । यसको पनि ओखति छैन जस्तो लाग्छ मलाई । १२ ऐन हामलिे संशोधन गर्यौं । हामी सबैको शत्रु भनेको कुशासन हो । जनतालाई प्रभावकारी सेवा प्रवाह गर्न नसक्ने जुन परिस्थिति बनेको छ र विद्यमान कानूनहरुले मुलुकमा सुशासन कायम गर्न नसक्ने जुन खालको अवरोध सिर्जना गरेको छ । वाधा व्यवधान सिर्जना गरेको छ । त्यसकारणले कति वटा ऐन संशोधन गरेर ल्याइयो भन्दापनि कति धेरै समस्या रहेछ भन्नेकुरा बुझ्नुपर्दछ । यति धेरै कानूनहरु सुशासनको लागि वाधक रैछ भनेर हामीले यो विधेयक ल्याएको हो ।’

विधेयकले योगमाया आयुर्वेदिक विश्वविद्यालयको नाम परिवर्तन गरी विदुषि योगमाया हिमालयन आयुर्वेदिक विश्वविद्यालय राख्ने प्रश्ताव गरेको छ ।