१२ चैत्र २०८१, मंगलवार
March 25, 2025 Tuesday

18.14°C

काठमाडौं

18.14°C

Kathmandu

Feels-like: 16.85

Wind: 3.09

Humidity: 32

Latest
विचाराधीन विधेयकलाई यथाशीघ्र टुङ्गोमा पुर्याउने विषयमा सत्तापक्षीय दलबीच छलफल क्षयरोग पत्ता लाग्ने दर अझै कम यातायात मन्त्री दाहालसँग जापानी राजदूतको शिष्टाचार भेट भूमीसम्बन्धी अधिकार प्रदेशलाई दिए समस्या समाधान हुन्छ गण्डकी प्रदेश सभाबाट सडक विधेयक पारित अबको युगमा राजतन्त्र फर्कँदैन, त्यस्तो भ्रममा नपर्दा हुन्छ: प्रधानमन्त्री सरकारले सार्वजनिक गर्‍यो कुलमानलाई हटाउने निर्णय बसाईंसराईको डरलाग्दो तथ्यांक, पहाड छोड्ने धेरै शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्ने खालको कानून बनाउन आवश्यकः मन्त्री भट्टराई बालेनले मदिराको सनकमा धम्की दिएको युवा संघको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच दिनदेखि बेपत्ता भारतीय युुवक कालीगण्डकीमा मृत फेला



फाईल फोटो
अ+ अ-

तानसेन । पाँच दिनदेखि बेपत्ता भारतीय युवक कालीगण्डकी नदीमा मृत फेला परेका छन् ।

पाल्पाको बगनासकाली गाउँपालिका–५, राम्दीस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा बेपत्ता भएका भारतको उत्तरप्रदेशको गोरखपुरका २५ वर्षीय शिवम पाण्डेय आज मृत फेला परेका हुन ।

गत बुधबार दिउँसो नुहाउने क्रममा पाण्डेय बेपत्ता भएका थिए । उनको शव राम्दी घाटदेखि झण्डै एक किलोमिटर टाढा बग्दै गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।

पोखराबाट घुमेर घर फर्किने क्रममा पाण्डेसहित चारजना कालीगण्डकीमा नुहाउन गएका थिए । सो क्रममा पाण्डेय डुबेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक मल्लले बताउनुभयो ।