२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारामा एघार हजार मेट्रिकटन तेलहन उत्पादन



अ+ अ-

कलैया । यहाँका किसानले तेलहनखेती गरी ११ हजार दुई सय मेट्रिकटन तेल उत्पादन गरेका छन् ।

किसानले १० हजार हेक्टर क्षेत्रफलमा तेलहनखेती गरी प्रतिहेक्टर एक सय एक मेट्रिकटनका दरले तेलहन उत्पादन गरेका जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायणप्रसाद साहले जानकारी दिनुभयो ।

केन्द्रका अर्थ विज्ञ गणेश महराले यहाँ किसानले पछिल्लो समय तेलहनखेती विस्तार गर्दै लगेकाले उत्पादन पनि बढिरहेको बताउनुभयो । उहाँका अनुसार गत वर्ष १० हजार दुई सय हेक्टर क्षेत्रफलमा खेत गरी प्रतिहेक्टर एक दशमलव एक मेट्रिकटनका दरले ११ हजार दुई सय २० मेट्रिकटन तेलहन उत्पादन भएको थियो ।

आर्थिक वर्ष २०७९/८० मा १० हजार तीन सय, आव २०८०/८१ मा १० हजार दुई सय र आव २०८१/८२ मा १० हजार हेक्टर क्षेत्रफलमा तेलहनखेती भएको प्रमुख साहले जानकारी दिनुभयो ।