१२ चैत्र २०८१, मंगलवार
March 25, 2025 Tuesday

18.14°C

काठमाडौं

18.14°C

Kathmandu

Feels-like: 16.85

Wind: 3.09

Humidity: 32

Latest
विचाराधीन विधेयकलाई यथाशीघ्र टुङ्गोमा पुर्याउने विषयमा सत्तापक्षीय दलबीच छलफल क्षयरोग पत्ता लाग्ने दर अझै कम यातायात मन्त्री दाहालसँग जापानी राजदूतको शिष्टाचार भेट भूमीसम्बन्धी अधिकार प्रदेशलाई दिए समस्या समाधान हुन्छ गण्डकी प्रदेश सभाबाट सडक विधेयक पारित अबको युगमा राजतन्त्र फर्कँदैन, त्यस्तो भ्रममा नपर्दा हुन्छ: प्रधानमन्त्री सरकारले सार्वजनिक गर्‍यो कुलमानलाई हटाउने निर्णय बसाईंसराईको डरलाग्दो तथ्यांक, पहाड छोड्ने धेरै शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्ने खालको कानून बनाउन आवश्यकः मन्त्री भट्टराई बालेनले मदिराको सनकमा धम्की दिएको युवा संघको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारामा एघार हजार मेट्रिकटन तेलहन उत्पादन



अ+ अ-

कलैया । यहाँका किसानले तेलहनखेती गरी ११ हजार दुई सय मेट्रिकटन तेल उत्पादन गरेका छन् ।

किसानले १० हजार हेक्टर क्षेत्रफलमा तेलहनखेती गरी प्रतिहेक्टर एक सय एक मेट्रिकटनका दरले तेलहन उत्पादन गरेका जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायणप्रसाद साहले जानकारी दिनुभयो ।

केन्द्रका अर्थ विज्ञ गणेश महराले यहाँ किसानले पछिल्लो समय तेलहनखेती विस्तार गर्दै लगेकाले उत्पादन पनि बढिरहेको बताउनुभयो । उहाँका अनुसार गत वर्ष १० हजार दुई सय हेक्टर क्षेत्रफलमा खेत गरी प्रतिहेक्टर एक दशमलव एक मेट्रिकटनका दरले ११ हजार दुई सय २० मेट्रिकटन तेलहन उत्पादन भएको थियो ।

आर्थिक वर्ष २०७९/८० मा १० हजार तीन सय, आव २०८०/८१ मा १० हजार दुई सय र आव २०८१/८२ मा १० हजार हेक्टर क्षेत्रफलमा तेलहनखेती भएको प्रमुख साहले जानकारी दिनुभयो ।