१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

नेपाली बजारमा चिनियाँ विद्युतीय सवारीसाधनहरुको वर्चश्व झनै बढ्यो

नेपाली बजारमा चिनियाँ विद्युतीय सवारीसाधनहरुको वर्चश्व झनै बढ्यो
अ अ+ अ-

काठमाडौँ । नेपाली बजारमा चिनियाँ सवारीसाधनहरुको वर्चश्व देखिएको छ । पछिल्लो समय चार पाङ्ग्रे विद्युतीय गाडीमा सर्वसाधरणको आकर्षण उच्च बन्दा सवारी साधनहरु नेपाल आउने क्रम बढेको हो ।

भन्सार विभागको फागुनसम्मको तथ्यांकअनुसार ७ हजार ८९ विद्युतीय गाडी नेपालमा भित्रिएका छन् । जसमध्ये चीनबाट ५ हजार २७८ विद्युतीय गाडी भित्रिएका छन् । भारतबाट १७ सय ७५ मात्रै भित्रिएका छन् । नेपालमा आयात हुने विद्युतीय गाडीमा चिनियाँ ब्राण्डको हिस्सा ८० प्रतिशत हाराहारी देखिन्छ । खासगरी विक्रेताहरुले बीवाइडी, नेटा, एमजी, सेरेस, ओरा जस्ता चिनियाँ ब्राण्डहरूसँगै भारतबाट टाटा, हुण्डाइ, महिन्द्रा, कियालगायतका ब्राण्डलाई नेपालमा ल्याएर विक्री गरिरहेका छन् । विक्रेताहरुकाअनुसार भारतीय ब्राण्डको सूचिमा टाटा मोटर्स पनि सामेल छ । जसले हाल पन्च ईभी र टियागो ईभीमार्फत राम्रो कारोबार गरिरहेको छ ।

त्यसो त, भारत पनि विद्युतीय गाडीहरु उत्पादनमा जोडतोडले लागेको देखिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै ‘सवारी साधनको विश्वव्यापी प्रदर्शनी’ को दोस्रो संस्करणको उद्घाटन गर्दै विद्युतीय सवारीसाधनलाई जोड दिएर १०० भन्दा बढी नयाँ सवारी साधन, कम्पोनेन्ट र प्रविधिको प्रस्ताव राखिने बताएका थिए । सवारीसाधन निर्मातासँगै कम्पोनेन्ट, इलेक्ट्रोनिक उपकरण, टायर र ऊर्जा भण्डारण उत्पादकका साथै सवारी साधन सफ्टवेयर कम्पनीका उत्पादनहरूलाई समेत बढाउने उसको नीति छ ।

तत्कालिन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०७८/०७९ को बजेट प्रश्तुत गर्दै विद्युतीय सवारी साधनको उपयोगलाई प्रोत्साहन नीतिअनुरुप विद्युतीय सवारी उत्पादन गर्ने विश्वका १० ब्राण्डलाई नेपाल ल्याउन प्रोत्साहित गर्ने घोषणा गर्नुभएको थियो । पौडेल नै अहिले अर्थमन्त्री हुनुहुन्छ । अहिले पनि पेट्रोलियम पदार्थबाट सञ्चालन हुने हलुका सवारी साधनलाई २०८८ सालसम्म विद्युतीय सवारी साधनले विस्थापित गर्ने रणनीतिक योजनालाई कार्यान्वयन गर्ने सरकारको लक्ष्य राखेको छ ।

भन्सार विभागका निर्देशक नारायणप्रसाद रेग्मीले तातोपानी र रसुवागडीबाट विद्युतीय गाडीहरुको आयात उच्च गतिमा बढेको बताउनु भयो ।
उहाँले भन्नुभयो–‘बजारमा विद्युतीय गाडीहरुको डिमाण्ड उच्च छ, माग अनुसार व्यापरीहरुले पनि चीनियाँ गाडीहरु ल्याइरहेका छन्, जसकारण हाम्रो रेभिन्यूमा समेत राम्रै प्रभाव परिरहेको छ ।’

उहाँका अनुसार भन्सार जाँचपासका लागि समयमै व्यापारीले प्रक्रिया अघि नबढाउँदा ¥याडमा गाडी थ्रुपिएर बस्ने गरेका छन् । भन्सार गर्नका लागि ठूलो रकम लाग्ने भएकाले पनि व्यापारीहरुले जाँचपासका लागि ढिला प्रक्रिया अघि बढाएको हुन सक्ने उहाँले बताउनु भयो । प्रक्रिया अघि बढाएको केही घण्टामै जाँचपास गरिने गरिएको रेग्मीको भनाई रहेको छ ।