७ श्रावण २०८३, बिहीबार
,
Latest
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबीच छलफल पूर्वाधार न्यायाधिकरण सम्बन्धी विधेयकलाई अन्तिम रूप दिन छलफल दक्षिणी थाइल्यान्डमा आक्रमण, पाँच सैनिकको मृत्यु सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुन्छः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङको थानचोक तिमाङमा बिजुली बल्ने भयो



अ+ अ-

मनाङ । गत वर्षायाममा मनाङ जिल्लामा भएको वर्षा र मौसमी प्रकोपका कारण स्थानीयवासीले निकै ठूलो क्षति बेहोर्नु परेको छ । धेरैको घरबास नै बगाएको थियो भने सार्वजनिक संरचनालगायत बाटोघाटोमा पनि ठूलो क्षति पुगेको थियो । पुनःनिर्माणका काममा आफ्नो क्षमता र पहुँचले भ्याएसम्म नेता लागिपरेका थिए ।  

विपत्का घडीमा सबै एकजुट भएमा जिल्लावासीको हितका लागि काम गर्नुपर्ने रहेछ भन्ने भावनाका साथ काम गरेकाले कसैले बाटो खुलाउनेलाई प्राथमिकता दिए भने कसैले राहत वितरण र पुनःनिर्माणमा केन्द्रित भए । राहत र पुनःनिर्माणका क्रममा चामे गाउँपालिका–१ तिमाङस्थित विद्युत्गृह बाढीले बगाएको हुनाले वडा १ र २ का बासिन्दा अन्धकारमा बस्न बाध्य छन् । अन्धकार हटाउन यहाँका विभिन्न राजनीतिक दल नेता लागिपर्नु भएको छ । 

तत्कालका लागि सोलार युनिट वितरण गरिए पनि आजको विद्युतीय मागको क्षमता र उपकरणलाई पर्याप्त नहुँदा समस्या थियो । स्थानीयवासीले राखेको माग र प्रष्ट देखिएको आवश्यकतालाई बुझी पूर्वश्रमराज्यमन्त्री टेकबहादुर गुरुङ र मनाङ जिल्ला समन्वय समितिका सभापति तथा उपभोक्ता समितिका अध्यक्ष यज्ञप्रसाद घलेको विशेष पहलमा गृह मन्त्रालय र ऊर्जा मन्त्रालयको निर्देशनमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत स्याल्क्युखोला विद्युत् आयोजनालाई सहयोग प्राप्त भएको छ । उक्त विद्युत्गृह र आवश्यक संरचनाको मर्मत तथा निर्माणका लागि रु एक करोडभन्दा बढी बजेट विनियोजन भएको बताइएको छ । 

गएको वर्षामा बाढी र पहिराका कारण समस्यामा परेको मनाङका कतिपय स्थानमा अहिले पनि बाटोघाटो बन्न सकेको छैन भने कतै बिजुली र अरु संरचना पनि निर्माण हुन सकेको छैन । तर चामे–१ तिमाङस्थित विद्युतगृह बाढीले बगाएको बिजुली बल्ने भएपछि भने अन्धकारमा बस्न बाध्य भएका बासिन्दा खुसी भएका छन् ।