५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरको पिकनिक स्थलनजिक एक व्यक्ति मृत भेटिए, हत्याको आशंका



symbolic picture
अ+ अ-

काठमाडौं । भक्तपुरको पिकनिक स्थलनजिक एक व्यक्ति मृत भेटिएका छन् ।

मध्यपुर थिमि नगरपालिका-९ बोडे निलबाराहीस्थित पिकनिक स्पोटको पार्किङ स्थलमा खोटाङको केपिलासगढी गाउँपालिका–२ घर भएका ६६ वर्षीय ओम प्रकाश राई मृत भेटिएका हुन् ।

उनी कबाडीको सामान संकलन गर्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ । उनको दाहिने कानको छेउ र टाउकामा चोट लागेको पाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज नेउपानेले बताए ।

घटनास्थल आसपास रगत लतपतिएको ढुंगा समेत फेला परेकोले उनको हत्या भएको हुनसक्ने प्रहरीको भनाई छ । शव पोस्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अपस्ताल पठाइएको छ ।

घटनामा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।