१३ चैत्र २०८१, बुधबार
March 26, 2025 Wednesday

14.94°C

काठमाडौं

14.94°C

Kathmandu

Feels-like: 13.33

Wind: 1.54

Humidity: 32

Latest
कांग्रेसलाई बलियो बनाउनुपर्छ : नेता गच्छदार गणतन्त्र पक्षधर सबै दलसँग सहकार्य गर्नुपर्छ-राजेन्द्र पाण्डे वनमन्त्री शाही जर्मनीमा भेटघाटमा व्यस्त अर्घाखाँची बस दुर्घटना : मृतकको संख्या ४ पुग्यो, ३ जनाको सनाखत बेनी–जोमसोम सडकका बेलिब्रिज जोखिममा मुख्यमन्त्री सिंहद्वारा होटल अनुगमन बिहीबारदेखि ‘एडभान्स फन्सनल मटेरियल्स’ सम्बन्धी दोस्रो अन्तरराष्ट्रिय वैज्ञानिक सम्मेलन मुलुकलाई नयाँ सिराबाट अगाडि बढाउनुपर्ने छ : महासचिव पोखरेल दलहरूले जनतालाई नारा होइन, कार्यक्रम दिनुपर्छ- भानुभक्त जोशी दिगो सहरी विकास र सुशासनका लागि सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

विगतमा जारी भएका निर्देशनलाई एकीकृत बनाउने काम जारी छः अध्यक्ष ओझा



अ+ अ-

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले प्राधिकरणबाट विगतमा जारी भएका निर्देशनहरुलाई एकीकृत स्वरुपमा ल्याउने काम भइरहेको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा ‘बीमा क्षेत्रको अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले विमकहरुले प्राधिकरणबाट विगतमा जारी भएका निर्देशनहरु एकीकृत रुपमा ल्याइदिन गरेको मागको सम्बोधनका लागि प्राधिकरणले काम गरिरहेको बताउनुभएको हो ।

उहाँले आफू प्राधिकरणमा आएको केही दिनमौ निर्देशनलाई एकीकृत गर्नका लागि कमिटी बनाएर काम शुरु गरेको बताउनु भयो । नियमावलीमा परेका विषयहरुलाई निर्देशनबाट हटाउने र आवश्यक पुनरावलकोन भएको ठाउँमा समयानुकुल बनाउने बारेमा काम शुरु भइसकेको जानकारी दिनुभयो । उहाँले दुई महिनाभित्र काम सकिसक्ने र विमकलाई सहजता प्रदान गर्ने प्रतिवद्धता जनाउनु भयो । बीमा क्षेत्रको हितका लागि सम्पूर्ण स्टेक होल्डरको हित सुनिश्चित हुनुपर्ने बताउनु भयो । विमकको वित्तीय संस्था बलियो नभए विमितको हित संरक्षण हुन नसक्ने भन्दै विमकको वित्तीय स्वास्थ्य बलियो बनाउनका लागि प्राधिकरणले गर्नुपर्ने सहजीकरण गर्न तयार रहेको बताउनु भयो ।

अध्यक्ष ओझाले भन्नुभयो, ‘प्रायः सबै विमक साथीहरुको एउटै भनाइ थियो । नेपाल बीमा प्राधिकरणबाट विगतमा जारी भएका केही निर्देशनहरु छन्, त्यसलाई एकीकृत स्वरुपमा ल्याएको भए सहज हुन्थ्यो भन्ने छ । त्यस सम्बन्धमा म आएको केही दिनमै कमिटी बनाएर तत् सम्बन्धमा एकीकृत निर्देशनलाई एकीकृत गर्ने, कयौँ विषयहरु नियमावलीमा परेका छन्, त्यसलाई निर्देशनबाट हटाउने, आवश्यक पुनरावलकोन भएको ठाउँमा समयानुकुल बनाउने बारेमा काम शुरु भइसकेको छ । सम्भवतः डेढ, दुई महिनामा ५५ वटा जति निर्देशनहरु छन्, त्यसलाई हामी जीवन बीमा, निर्जीवन बीमा, पुनर्बीमा, लघु बीमाहरुका लागि फरक फरक सेक्सनमा हुनेगरी प्रकाशित गर्नेछौँ । जुन तपाईंहरुलाई कार्यान्वयन गर्न सहज होस्, दुविधा उत्पन्न नहोस्, छरिएका विषयलाई एक ठाउँमा ल्याएर थप व्यवस्थित, थप संशोधन गर्ने काम निरन्तर हुनेछ । बीमा क्षेत्रको हितका लागि सम्पूर्ण स्टेक होल्डरको हित सुनिश्चित हुनुपर्छ । विमितको हितको कुरा हाम्रो ऐनले प्रश्तावनामा नै गरेको छ । त्यो हाम्रो पहिलो प्राथमिकतामा पर्दछ । विमकको वित्तीय संस्था बलियो भएन भने विमितको हित संरक्षण हुन सक्दैन । विमकको वित्तीय स्वास्थ्य बलियो बनाउनका लागि हामीले गर्नुपर्ने सहजीकरण गर्न जिम्मेवारीपूर्ण तयारी छौँ ।सबैको हित समग्रतामा सुनिश्चित हुन नसकेसम्म बीमा उद्योगले आफ्नो सही बाटो समात्न सक्दैन ।’

अध्यक्ष ओझाले समग्र बीमा उद्योगको हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।