५ असार २०८३, शुक्रबार
,
Latest
आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फिफा विश्वकप फुटबल: क्यानडाद्वारा कतारमाथि ६-० को फराकिलो जित ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणबाट जनकपुरका पूर्व मेयर कृष्ण गिरीको मृत्यु



अ+ अ-

काठमाण्डौं । तत्कालीन जनकपुर नगरपालिकाका मेयर एवं व्यवसायी कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पूर्व मेयर गिरीको काठमाण्डौँ स्थित एक अस्पतालमा उपचारको क्रममै मृत्यु भएको हो । उपचारका क्रममा मंगलबार गएराति १२ बजेतिर मृत्यु भएको उनको छोरा डा. सन्तोष गिरीले जानकारी दिए । 

उनी २० दिन देखि उपचारका लागि अस्पतालमा भर्ना भएका थिए । ७२ वर्षीय कृष्ण गिरीको मुटु रोगका साथै अन्य रोगबाट समेत ग्रसित थिए । उनको स्वाब परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । यद्यपी कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि अस्पतालले गरेको छैन ।

उनलाई जनकपुरमै मुटु रोगले च्यापेपछि हेलिकप्टर चार्टर गरेर काठमाण्डौं लगिएको थियो । काठमाण्डौ स्थित मेडिसिटी हस्पिटलमा उनको उपचार भइरहेको थियो ।