काठमाण्डौं । तत्कालीन जनकपुर नगरपालिकाका मेयर एवं व्यवसायी कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पूर्व मेयर गिरीको काठमाण्डौँ स्थित एक अस्पतालमा उपचारको क्रममै मृत्यु भएको हो । उपचारका क्रममा मंगलबार गएराति १२ बजेतिर मृत्यु भएको उनको छोरा डा. सन्तोष गिरीले जानकारी दिए ।
उनी २० दिन देखि उपचारका लागि अस्पतालमा भर्ना भएका थिए । ७२ वर्षीय कृष्ण गिरीको मुटु रोगका साथै अन्य रोगबाट समेत ग्रसित थिए । उनको स्वाब परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । यद्यपी कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि अस्पतालले गरेको छैन ।
उनलाई जनकपुरमै मुटु रोगले च्यापेपछि हेलिकप्टर चार्टर गरेर काठमाण्डौं लगिएको थियो । काठमाण्डौ स्थित मेडिसिटी हस्पिटलमा उनको उपचार भइरहेको थियो ।