६ बैशाख २०८२, शनिबार
April 19, 2025 Saturday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 17.66

Wind: 1.54

Humidity: 100

तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य तोलामा नौ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?



अ+ अ-

काठमाडौँ । गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आज सामान्य थपघट भएको छ । स्थानीय बजारमा सुनको मूल्य तोलामा रु ९०० र चाँदी तोलामा रू १५ ले घटेको छ ।

गत शुक्रबार प्रतितोला रु एक लाख ७५ हजारमा कारोबार भएको सुन आज ९०० ले घटेर प्रतितोला रू एक लाख ७४ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला रू एक हजार ९८० मा खरिद बिक्री हुनेछ । आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।