१२ चैत्र २०८१, मंगलवार
March 25, 2025 Tuesday

16.37°C

काठमाडौं

16.37°C

Kathmandu

Feels-like: 14.98

Wind: 2.06

Humidity: 35

Latest
नरैनापुरमा १७ घरगोठ जलेर नष्ट प्राधिकरणबाट घिसिङलाई हटाइएकामा माओवादी केन्द्रको विरोध सहमति नजुट्दा मधेस प्रदेशसभाको बैठक अनिश्चित पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक नौ महिनादेखि अवरुद्ध डेडिकेटेड र ट्रंकलाइन वक्यौताको समाधान निष्पक्ष रुपमा गर्नेछुः हितेन्द्रदेव शाक्य गुणस्तरीय शिक्षा समृद्धिको आधारशिलाः पूर्वराष्ट्रपति भण्डारी वीर अस्पतालमा स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण सुरु : पहिलो दिन ४३ जनाको परीक्षण विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले पदभार ग्रहण गरे खर्च वृद्धिमा प्रो एक्टिभ हुन अर्थमन्त्री पौडेलको निर्देशन प्रधानमन्त्रीसँग नेपालका लागि थाइल्याण्डका राजदूतको शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती



अ+ अ-

फिक्कल । अन्न उब्जनी नहुने माङसेबुङ गाउँपालिका–६ स्थित हात्तीढुङ्गेको १४ रोपनी भिरालो जमिनमा वनतरुलको व्यावसायिक खेती थालिएको छ । हात्तीढुङ्गे टोलका १३ जनाले कृषक समूह गठन गरी व्यावसायिक वनतरुलखेती सुरु गरेका हुन् ।

हात्तीढुङ्गे कृषक समूहका अध्यक्ष प्रेमकुमार राईका अनुसार वार्षिक रु २५ हजार भाडा तिर्नेगरी भिरालो जग्गामा तरुलखेती सुरु गरिएको हो । समूहलाई माङसेबुङ गाउँपालिकाले रु एक लाख सहयोग गरेको छ । माङसेबुङ गाउँपालिकाले परम्परागत कन्दमूलखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत उक्त रकम उपलब्ध गराएको हो ।

किसान समूहले वनतरुलसँगै गिठा र भ्याकुरको समेत खेती गर्दै थालेको छ । हाल बगानमा १६ हजार बोट वनतरुल, चार सय ५० बोट भ्याकुर र एक सय ५० बोट गिठा हुर्र्काएको छ । तीन वर्षपछि मात्र तरुल उत्पादन हुने जनाइएको छ । खेती विस्तारका लागि बीउ जङ्गलबाट नै सङ्कलन हुने गरेको छ ।

गहिरो खाल्डो खनेर प्रशस्त मल राखेर एकपटक बीउ रोपेपछि पटकपटक रेखदेख गर्नु नपर्ने भएकाले तरुलखेती अन्य खेतीभन्दा सजिलो भएको उहाँले बताउनुभयो ।