११ आश्विन २०८१, शुक्रबार
,
Latest
न्यायपरिषदको बैठक जारी ,बार एशोसिएशनको धर्ना निरन्तर काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट छैनः पर्यटनमन्त्री पाण्डे पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री सिंह पूर्वी र मध्य तराईमा अत्याधिक वर्षा, सतर्क रहन आग्रह मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छः परराष्ट्रमन्त्री सन्दर्भ विश्व पर्यटन दिवस: ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल आइएमई पेबाट मात्र रु १ मा हवाई टिकट पहिरोले राप्ती लोकमार्ग अवरुद्ध ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवाहरू साझा प्रतिबद्धताका साथ राष्ट्र निर्माणमा जुट्नुपर्छ: मन्त्री दुलाल



अ+ अ-

वाग्मती । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले युवाहरूले साझा प्रतिबद्धताका साथ आआफ्नो स्थानबाट राष्ट्र निर्माणमा जुट्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवस, २०२० को अवसरमा आज जारी एक सन्देशमा मन्त्री दुलालले सबै युवाहरू जुटेर तमाम चुनौतीको सामना गर्दै साझा प्रतिबद्धताकासाथ आआफ्नो स्थानबाट राष्ट्र निर्माणमा जुट्न आह्वान गरेका हुन् । 

मन्त्री दुलालले “युथ इन्गेजमेन्ट फर ग्लोबल एक्सन” नारासहित मनाउन लागिएको युवा दिवस नाराको भावअनुसार मनाउन आग्रह गरेका छन् । “स्थानीय स्तरदेखि राष्ट्रिय हुँदै विश्वस्तरमा नीति, कानून निर्माणदेखि कार्यन्वयन गर्ने जिम्मेवारीसम्ममा युवाहरूको सार्थक र सक्रिय भूमिका अभिवृद्धि हुनुपर्छ भन्ने नाराको भाव हो”, मन्त्री दुलालले सन्देशमा उल्लेख गरेका छन् । 

“आउनुहोस्, हामी सबै युवाहरू जुटेर तमाम चुनौतीको सामना गर्दै साझा प्रतिवद्धताका साथ राष्ट्र निर्माणमा जुटौँ” मन्त्री दुलालले सन्देशमार्फत भनेका छन् ।