१४ चैत्र २०८१, बिहीबार
March 27, 2025 Thursday
Latest
क्रोएसिया युक्रेनको सेनामा सहभागी हुनेछैन : राष्ट्रपति आगामी बजेटबारे अर्थ मन्त्रालयद्वारा १६ मन्त्रालयसँग छलफल ट्रम्पको अटो भन्सार शुल्क र दुवै महादेशका लागि आर्थिक खतरालाई लिएर युरोपद्वारा आलोचना भोलि तिनकुनेमा जम्मा हुन कमल थापाले पनि गरे अपिल खेलकुदको विकास गर्न मधेस प्रदेश प्रयासरत- मुख्यमन्त्री सतिशकुमार सिंह प्रसारण लाइन प्रभावित क्षेत्रको जग्गा सट्टाभर्ना प्रक्रिया थालियो भवनको भर्‍याङ् निर्माणमा लापर्वाही देखिएपछि भत्काउन र थप काम रोक्न समितिको निर्देशन ग्लोबल आइएमई बैंक र आईएफसीबिच डिजिटल ट्रान्सफरमेशन तथा एम्बेडेड फाइनान्स एडभाइजरी साझेदारी संविधानसभाबाट बनेको संविधान हट्नेवाला छैनः सभापति हवाई टिकटमा लगाइएको कर हटाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशलाई अस्थिरतातर्फ धकेल्ने षडयन्त्र भइरहेको छ: महासचिव गुरुङ



नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङ शनिबार तमु मुक्तिमोर्चा गोरखाको छैटौँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्नुहुँदै । तस्विर : दीपक श्रेष्ठ/रासस
अ+ अ-

गोरखा। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङले देशलाई अस्थिरतातर्फ धकेल्ने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

तमु मुक्तिमोर्चा गोरखाको छैटाँै जिल्ला सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले देशमा राजतन्त्र फर्काउने बाहानामा चलखेल र षडयन्त्र भइरहेको बताउनुभयो । “प्रतिगामी शक्तिहरूले उचाल्ने, पर्छाने र राष्ट्रिय राजनीतिमा अस्थिरता सृजना गर्न खोजिरहेका छन् । अब देशमा गणतन्त्रको विकल्प छैन”, महासचिव गुरुङले भन्नुभयो, “यो अवस्थालाई ध्यानमा राखेर प्रतिगमनको विरोध र भण्डाफोर गर्नुपर्छ ।’’

उहाँले कुनै सरकार वा व्यक्ति असफल भएमा त्यसको विकल्प अर्को पार्टी र व्यक्ति हुने भन्दै राजसंस्था कुनै पनि अवस्थामा विकल्प हुने नसक्ने धारणा राख्नुभयो । मुलुकको परिवर्तनका लागि माओवादीले सबैलाई गोलबन्द गरेर अगाडि बढ्नुपर्ने भन्दै महासचिव गुरुङले फेरि माओवादीले अभिभावकीय भूमिका लिनुपर्ने अवस्था आएको बताउनुभयो ।

सबै दललाई कुनै न कुनै ढङ्गले सहमति र सहकार्यमा ल्याएर राष्ट्रिय एकता कायम गर्दै एकाधिकार, दलाल पुँजीवादी प्रभुत्वलाई सदाका लागि विस्थापित गर्नुपर्ने बेला आएको छ । त्यो वातावरण बन्दैछ”, उहाँले भन्नुभयो । रासस