१४ चैत्र २०८१, बिहीबार
March 27, 2025 Thursday
Latest
क्रोएसिया युक्रेनको सेनामा सहभागी हुनेछैन : राष्ट्रपति आगामी बजेटबारे अर्थ मन्त्रालयद्वारा १६ मन्त्रालयसँग छलफल ट्रम्पको अटो भन्सार शुल्क र दुवै महादेशका लागि आर्थिक खतरालाई लिएर युरोपद्वारा आलोचना भोलि तिनकुनेमा जम्मा हुन कमल थापाले पनि गरे अपिल खेलकुदको विकास गर्न मधेस प्रदेश प्रयासरत- मुख्यमन्त्री सतिशकुमार सिंह प्रसारण लाइन प्रभावित क्षेत्रको जग्गा सट्टाभर्ना प्रक्रिया थालियो भवनको भर्‍याङ् निर्माणमा लापर्वाही देखिएपछि भत्काउन र थप काम रोक्न समितिको निर्देशन ग्लोबल आइएमई बैंक र आईएफसीबिच डिजिटल ट्रान्सफरमेशन तथा एम्बेडेड फाइनान्स एडभाइजरी साझेदारी संविधानसभाबाट बनेको संविधान हट्नेवाला छैनः सभापति हवाई टिकटमा लगाइएको कर हटाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसी निजामती कर्मचारी मञ्चको अध्यक्षमा लालबाबु



अ+ अ-

जनकपुर। नेपाल मधेसी निजामती कर्मचारी मञ्चको चौथो राष्ट्रिय महाधिवेशन लालबाबु यादवको अध्यक्षमा नयाँ कर्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।

तीन दिनसम्म जनकपुरधाममा भएको महाधिवेशनबाट यादवलाई अध्यक्षमा निर्विरोध चयन गरेको आयोजक समितिले जनाएको छ । मञ्चको उपाध्यक्षमा ताहिर हुसेन, जवाहरलालप्रसाद कुर्मी, रामआधार यादव, राकेशरञ्जन दास, सुनिलकुमार पाण्डे, दीपेन्द्रकुमार यादव, रुमाकुमारी झा, सुजिताकुमारी राउत, कामेश्वर राउत र सत्यनारायण यादव तथा महासचिवमा अनिलकुमार साह चयन हुनुभएको छ ।

यस्तै, सचिवमा रामअशिष शर्मा, सत्यनारायण झा, बद्री मण्डल, वैद्यनाथ सिंह, मंजिर अन्सारी, शिवनारायण मण्डल, जीतेन्द्र यादव, राधेश्याम चौधरी र सन्ध्या दास र कोषाध्यक्षमा पुष्पाकुमारी मिश्र चयन हुनुभएको छ । सदस्यमा दीपकुमार ठाकुर, सन्दीप पटेल, अमजत अलि असन्सारी, अजयकुमार झा, शशी यादव, राम सुलित महतो, हिरावन यादव, वैद्यनाथ मण्डल, रवीन्द्रराय यादव, अरविन्द झा, मोहनकुमार सिंह, परमानन्द मण्डल, सुनिलकुमार साह, चन्दनकुमार रजक, रिमा दुवे, मनोजकुमार मण्डल र सोनी दास रहनुभएको छ ।

महाधिवेशनबाट नेपाल मधेसी निजामती कर्मचारी मञ्चको मधेस प्रदेश समितिको अध्यक्षमा सञ्जयकुमार मिश्र चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा विनोद पाण्डे, रामहृदय यादव, राजेश साह, प्रेमकुमार महतो, स्वेता झा र शुभकरण राय चयन हुनुभएको छ ।

सचिवमा दीपककुमार ठाकुर, सहसचिवमा भुवनेश्वर महतो, सञ्जयकुमार यादव, श्यामसुन्दर महतो र राम स्वरुप सिंह र कोषाध्यक्षमा बन्दना मिश्रलाई चयन गरिएको जनाइएको छ । रासस