१४ चैत्र २०८१, बिहीबार
March 27, 2025 Thursday

18.66°C

काठमाडौं

18.66°C

Kathmandu

Feels-like: 17.26

Wind: 1.03

Humidity: 26

Latest
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प राजसंस्था हुन सक्दैन् : नेता राई गण्डकी प्रदेशसभा बैठक: भवन निर्माण तथा बस्ती विकाससम्बन्धी विधेयकमा छलफल ‘सुदूरपश्चिम प्रदेश सरकार खेलकुदका संरचना निर्माण गर्ने अभियानमा’ शान्तिपूर्ण आन्दोलन र संवादको आग्रह लागी नागरिक समुहको आग्रह सहिद स्मारक फुटबल : वीरगञ्ज युनाइटेड र भगवती क्लबबीचको खेल बराबरी क्रोएसिया युक्रेनको सेनामा सहभागी हुनेछैन : राष्ट्रपति आगामी बजेटबारे अर्थ मन्त्रालयद्वारा १६ मन्त्रालयसँग छलफल ट्रम्पको अटो भन्सार शुल्क र दुवै महादेशका लागि आर्थिक खतरालाई लिएर युरोपद्वारा आलोचना भोलि तिनकुनेमा जम्मा हुन कमल थापाले पनि गरे अपिल खेलकुदको विकास गर्न मधेस प्रदेश प्रयासरत- मुख्यमन्त्री सतिशकुमार सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

निवारण फाउण्डेसनद्वारा सञ्जीवनी परियोजना अन्तर्गत स्वास्थ्य शिविर सञ्चालनको उद्घोषणा



अ+ अ-

काठमाडौँ। निवारण फाउण्डेसनले सन्जीवनी परियोजना अन्तर्गत ग्रामीण भेगमा स्वास्थ्य सेवाबाट वञ्चित नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य शिविर सञ्चालन गर्ने घोषणा गरेको छ।

यस परियोजना अन्तर्गत २०८२ साल जेष्ठ १ (२०२५ मे १५) देखि सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाका गाउँपालिकाहरू हुँदै नेपालका विभिन्न गाउँपालिकाहरूमा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ।

निवारण फाउण्डेसन संयुक्त राज्य अमेरिकाको बोस्टनमा स्थापित एउटा गैरसरकारी संस्था हो। कम्पनी रजिस्ट्रारको कार्यालय, काठमाडौँमा दर्ता भई समाज कल्याण परिषद्मा आवद्ध रहेको यस संस्थाको नेपालस्थित मुख्यालय काठमाडौँको सुन्धारामा रहेको छ। निवारण फाउण्डेसनले स्वास्थ्य, शिक्षा, बाल कल्याण, वातावरण संरक्षण तथा समुदाय विकासमा सुधार ल्याउने लक्ष्यका साथ विभिन्न परियोजनाहरू सञ्चालन गर्दै आएको छ।

निवारण फाउण्डेसनले सन्जीवनी परियोजनाको पहिलो चरण अन्तर्गत ग्रामीण भेगमा स्वास्थ्य शिविर सञ्चालन गरी स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। यस परियोजनाको मुख्य उद्देश्यहरूमा ग्रामीण भेगका नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउनु, रोगको पूर्वपहिचान गरी रोकथाम तथा निदानमा सहायता पुर्याउनु, स्वच्छता र स्वस्थ जीवनशैलीबारे समुदायलाई सचेत गराउनु तथा दीगो स्वास्थ्य सेवा प्रणालीको स्थापना गर्नु पर्दछन्।

स्वास्थ्य शिविरहरूबाट स्थानीय समुदायमा स्वास्थ्यप्रति जागरूकता बढाउने र स्वास्थ्य सेवामा दीर्घकालीन सुधार ल्याउने उद्देश्यले निवारण फाउण्डेसनले समन्वयात्मक रूपमा कार्य अघि बढाइरहेको छ।

निवारण फाउण्डेसनले पहिलो चरणमा ५२ जिल्लाका २७५ गाउँपालिकाहरूमा स्वास्थ्य शिविर सञ्चालन गर्ने लक्ष्य राखेको छ। यस शिविरमार्फत झण्डै ४,५०,००० ग्रामीण नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन्। स्वास्थ्य शिविरमा नेत्र विशेषज्ञ, नाक/कान/घाँटी विशेषज्ञ, जनरल मेडिसिन विशेषज्ञ, दन्त विशेषज्ञ तथा सर्जनहरू सहितका दक्ष स्वास्थ्यकर्मीहरू परिचालित गरिने छन्।

स्वास्थ्य शिविरमा विरामीहरूलाई विरामी दर्ता र सामान्य शारीरिक परीक्षण, रक्तचाप, रगत, पिसाब तथा अक्सिजन स्तर परीक्षण, आँखाको दृष्टि परीक्षण, कानको सुन्ने क्षमता परीक्षण, दाँतको परीक्षण, एक्स-रे तथा अन्य उपकरणद्वारा स्वास्थ्य परीक्षण, जटिल अवस्थाको पहिचान र रेफेरल सेवा लगाएत सेवा प्रदान गरिने छ ।