८ पुष २०८२, मंगलवार
,
Latest
निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्: रविलक्ष्मी चित्रकार बाढीपीडित परिवारका न ओढ्ने कपडा न त बास पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै मेची भन्सार कार्यालयः पाँच महिनामा २० अर्ब १४ करोडको आयात
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा अन्तरराष्ट्रिय नाटक महोत्सव



अ+ अ-

गण्डकी। पर्यटकीय राजधानी पोखरामा शनिबारदेखि ‘पोखरा अन्तरराष्ट्रिय नाटक महोत्सव–२०८१’ आयोजना हुने भएको छ । पोखरा थिएटरको आयोजनामा हुने महोत्सव चार दिनसम्म सञ्चालन हुने महोत्सवका निर्देशक माधव कार्की (परिवर्तन) ले पोखरामा आयोजित पत्रकार भेटघाटमा जानकारी दिनुभयो ।

उहाँले पोखरालाई अन्तरराष्ट्रिय सांस्कृतिक तथा नाट्य पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यले नाटक महोत्वस आयोजना गर्न लागिएको बताउनुभयो । पोखरा थिएटरमा हुने महोत्सवमा नेपालसहित चीन, ट्युनिसिया, नर्वे, जापानलगायत देशका नाटकहरू मञ्चन हुने जनाइएको छ ।

“महोत्सवमा विभिन्न विधाका छ नाटक प्रस्तुत हुनेछन्, पोखरालाई सांस्कृतिक पर्यटनका हिसाबले पनि चिनाउन यो महोत्सवले सघाउ पु¥याउनेछ”, निर्देशक परिवर्तनले भन्नुभयो, “मौलिक लोकधुनको प्रस्तुति, प्रदर्शनी, नाटक कार्यशालालगायतका कार्यक्रमलाई पनि महोत्सवमा समेटिएको छ ।” नाटक हेर्न आउने दर्शकलाई टिकटको प्रबन्ध गरिएको छ । महोत्सवमा कलाकार, रङ्गकर्मी, पर्यटन व्यवसायी र संस्कृतिप्रेमीहरूबीच नेपाली नाटक परम्पराबारे अन्तरक्रिया हुने आयोजकले जनाएको छ ।

महोत्सव आयोजना गर्न रू ३० लाख खर्च लाग्ने अनुमान गरिएको पोखरा थिएटरले जनाएको छ । पोखरा महानगरपालिका महोत्सव प्रवर्द्धकका रूपमा रहेको छ ।

यसअघि विसं २०७५ मा पहिलोपटक पोखरा अन्तरराष्ट्रिय नाटक महोत्सव गरिएको थियो । महोत्सवको पहिलो दिन शनिबार पोखरा थिएटरको प्रस्तुतिमा उद्घाटन नाटकस्वरूप मुनामदन नाटक मञ्चन गरिने निर्देशक परिवर्तनले जानकारी दिनुभयो । महोत्सवमा विभिन्न देशका कलाकार तथा नाट्यकर्मीहरूको सहभागिता रहने जनाइएको छ । रासस