२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाथीभरा मुख्य प्रवेशद्वारभित्रका मानव निर्मित संरचना हटाइने



अ+ अ-

ताप्लेजुङ। प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पाथीभरा मन्दिरको प्रवेशद्वारभित्र रहेका पाटी, पौवा, टहरालगायत मानव निर्मित संरचना हटाइने भएको छ । पाथीभरा क्षेत्र विकास समितिले संरचना हटाउन वा वैकल्पिक व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई १५ दिनको समयसीमा दिएको हो ।

नेपाल सरकारद्वारा जारी विकास समिति ऐन, २०१३ बमोजिम विसं २०५३ मा गठन भएको पाथीभरा क्षेत्र विकास समितिले सो क्षेत्रको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्दै आएको जनाएको छ । समितिका अनुसार पाथीभरा मन्दिर क्षेत्रको प्राकृतिक सुन्दरता कायम राख्न मुख्य प्रवेशद्वारभित्र कुनै नयाँ संरचना निर्माण नगर्ने निर्णय अनुरूप वृक्षारोपण, धामक्षेत्र व्यवस्थापनलगायत कार्य अघि बढाइएको छ ।

यसैबीच चैत ६ गते राति पाथीभराको डाँडामा गाडिएको मुकुम्लुङ (ढुङ्गा) र यग्राङसिं (फलामको नौतले भ¥याङ) हटाउन सम्बन्धित पक्षलाई तीन दिनभित्र सम्पर्क गर्न एक सूचनामार्फत आग्रह गरिएको छ । तोकिएको समयसीमाभित्र सम्पर्क नगरिएमा संरचना हटाउने कार्य समितिका तर्फबाट अघि बढाइने समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो ।

पाथीभरा क्षेत्रमा कुनै किसिमका निर्माण वा गतिविधि गर्दा समितिको स्वीकृतिबिना गर्दा अवैध हुने भएकाले समन्वयका लागि सम्बन्धित पक्षलाई समितिको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको उहाँले उल्लेख गर्नुभयो । रासस