२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सुपर लिगको ओपनिङ सेरोमोनीमा दुर्गेशले गीत गाउने



अ+ अ-

काठमाडौं । गायक तथा कलाकार दुर्गेश थापाले नेपाल सुपर लिग (एनएसएल) को ओपनिङ सेरोमोनीमा गीत गाउने भएका छन् । दुर्गेशले पहिलोपटक स्टेडियम शो गर्ने भएका हुन् ।

केही नयाँ अनुभव हुने अपेक्षा रहेको बताउदै उनले भने, ‘सुपर लिगको ओपनिङमा गीत गाउने कार्यक्रम छ । स्टेजमा थुप्रै प्रस्तुति दिइयो, यो भने मेरो पहिलो स्टेडियम शो हुनेछ ।’

‘दुस्मन हेरेको हेर्‍यै’ गीत चर्चित भएपछि दुर्गेश अहिले मेलामहोत्सव तथा स्टेज कार्यक्रममा व्यस्त छन् ।

तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल चैत १६ गतेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुँदै छ । प्रतियोगितामा ७ टिमले सहभागिता जनाउनेछन् ।