२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति उत्सव सुरु- फोटो फिचर



अ+ अ-

काठमाडौं । लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति महोत्सव औपचारिक रुपमा शुरु भएको छ । पर्यटन,संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डे र चिनियाँ राजदूत छन सोङले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै राजदूत सोङले लुम्बिनीलाई ध्यानको अन्तर्राष्ट्रिय केन्द्र बनाउन सकिने धारणा राख्नुभयो ।कार्यक्रममा बोल्दै नेपालस्थित चिनियाँ राजदूत चेन सोङले लुम्बिनीलाई ध्यानको अन्तर्राष्ट्रिय केन्द्र बनाउन सकिने धारणा राख्नुभयो ।

महोत्सवको औपचारिक शुभारम्भ आज बिहान ७ बजेदेखि साढे ७ बजेसम्म लुम्बिनीको पवित्र मैदानमा गरिएको छ । बिहान साढे ७ बजेदेखि ९ बजेसम्म अन्तर्राष्ट्रिय ध्यान महोत्सव राखिएको थियो । आजै दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म लुम्बिनी बौध्द विश्वविद्यालय र चीनको चङ्ह्वा गुम्बाबीच परम्परागत सांस्कृतिक आदानप्रदान गरिँदै छ ।

भोलि बिहान साढे ६ बजेदेखि साढे ११ बजेसम्म अन्तर्राष्ट्रिय शान्ति म्याराथुन, साँझ ६ बजेदेखि ८ बजेसम्म लुम्बिनी शान्ति कन्सर्टको तालिका छ । चैत २४ गते विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय खेलकुद दिवसबारे सम्मेलन तथा बैशाख २८ गते शनिबारका दिन फोटो प्रदर्शनी राखिएको छ । चङ्ह्वा गुम्बा स्थापनाको २५ औं वार्षिकोत्सवका अवसरमा फोटो प्रदर्शनी गर्न लागिएको हो । सोही दिन प्रार्थना समारोह र भोलिपल्ट बुद्ध जयन्तीको दिन समापन समारोहको आयोजना गरिने जानकारी दिइएको छ ।

यसअघि हिजो महोत्सवको स्वागतमा विशेष कार्यक्रम आयोजना गरिएको थियो ।