१२ चैत्र २०८१, मंगलवार
March 25, 2025 Tuesday

16.85°C

काठमाडौं

16.85°C

Kathmandu

Feels-like: 15.48

Wind: 2.57

Humidity: 34

Latest
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले पदभार ग्रहण गरे खर्च वृद्धिमा प्रो एक्टिभ हुन अर्थमन्त्री पौडेलको निर्देशन प्रधानमन्त्रीसँग नेपालका लागि थाइल्याण्डका राजदूतको शिष्टाचार भेट विचाराधीन विधेयकलाई यथाशीघ्र टुङ्गोमा पुर्याउने विषयमा सत्तापक्षीय दलबीच छलफल क्षयरोग पत्ता लाग्ने दर अझै कम यातायात मन्त्री दाहालसँग जापानी राजदूतको शिष्टाचार भेट भूमीसम्बन्धी अधिकार प्रदेशलाई दिए समस्या समाधान हुन्छ गण्डकी प्रदेश सभाबाट सडक विधेयक पारित अबको युगमा राजतन्त्र फर्कँदैन, त्यस्तो भ्रममा नपर्दा हुन्छ: प्रधानमन्त्री सरकारले सार्वजनिक गर्‍यो कुलमानलाई हटाउने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

महायज्ञको नाममा दलितको घर भत्काइएको भन्दै सरकारलाई सांसदहरुको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । सिरहाको ओरही गाउँपालिका–५ मा महायज्ञ गर्न पालिकाले दलित परिवारको घर भत्काइएको घटनाको विषय राष्ट्रिय सभामा उठेको छ ।

शुक्रवारको सभाको बैठकको शुन्य समयमा बोल्ने सांसदहरूले उक्त घटना जातीय विभेद र छुवाछुतको प्रमुख नमूना भएको भन्दै आवश्यक छानविन गरी दोषिलाई कारबाही गर्न माग गरेका हुन् । सो घट्नामा गाउँपालिका अध्यक्ष शिवजी यादव र विष्णु महायज्ञका आयोजक भनिएका बजरंगी बाबालाई कारबाही गर्न सांसदहरुको माग गरेका छन् ।

नेकपा (एकीकृत समाजवादी)की सांसद गोमादेवी तिमिल्सिनाले उक्त विभेदको घटनाको नेतृत्व गर्ने गाउँपालिका अध्यक्षलाई कारबाही गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘सिरहामा महायज्ञ लगाउने नाउँमा दलितलाई देखिन्छ रे भनेर जनता आवासअन्तर्गत बनेको घर गाउँपालिका अध्यक्षको नेतृत्वमा पालिकाकै डोजरले दलितको भत्काएर उठिवास लगाइएको छ । अध्यक्ष लगायत सबैलाई सरकारले नियन्त्रणमा लिएर कारबाही गरोस् ।’

त्यस्तै नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले उक्त घट्नाको छानविन गरी दोषिलाई कारबाी गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘सिराहामा विष्णु महायज्ञको नाममा गाउँपालिका अध्यक्षद्धारा दलितको घर भत्काइएको छ । यो घट्नाको सरकारले तुरुन्त छानविन गरोस् ।’

राष्ट्रिय जनमोर्चाबाट राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले समेत उक्त घट्ना निन्दनीय भएको भन्दै छानविन गरी दोषिलाई कानूनको दायरामा ल्याउन माग गर्नुभयो । समाजमा विद्यमान जातीय छुवाछुत अन्त्यका लागि सबैले एकजुट हुन जरुरी रहेको उहाँले बताउनु भयो ।

बैठकमा बोल्ने प्रायः सबै सांसदहरुले उक्त घटनाबारे सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् । नेपाल जातीय विभेद तथा छुवाछुतमुक्त राष्ट्र घोषणा भएको दुई दशक हुन लाग्दा पनि दलित भएकै कारण बस्ती उठाउनु अमानवीय कार्य भएको उनीहरुले उल्लेख गरे ।