• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

माघीमा तीन दिन सार्वजनिक बिदाको माग



कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका थारु समुदायले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिनुपर्ने माग अघि सारेका छन् ।

 उनीहरुले सार्वजनिक बिदाको माग गर्दै नगरपालिका कार्यालय पुगेर नगर प्रमुखलगायतको ध्यानाकर्षण गराएका हुन् । आदिवासी जनजाति सङ्घ र नेपाल आदिवासी जनजाति महासङ्घमा आबद्ध पदाधिकारीले यही पुस ३०, आगामी माघ १ र २ गते बिदा दिन माग गरेका छन् । “बुधबार नगर प्रमुख लगायतलाई भेटेरै माघी पर्व एवंं थारु समुदायको नयाँ वर्ष थारु सम्वत् २६४५ को अवसरमा बिदा दिनुपर्ने लिखितरुपमै माग गरेका छौँ”, आदिवासी जनजाति सङ्घका सभापति हवलदार चौधरीले भन्नुभयो, “नगर प्रमुखले यसबारे सकारात्मक जफाव दिनुभएको छ ।”

नगर प्रमुख दिलबहादुर ऐरले थारु समुदायको महान पर्व माघीका अवसरमा नगरपालिकाभित्र बिदा दिने सम्बन्धमा कार्यपालिका सदस्यसँग छलफल गरी निष्कर्षमा पुगिने बताउनुभयो । नगरपालिकामा बहुसङ्ख्यक थारु जनजातिको बसोबास रहेको छ । थारु समुदायले माघी पर्वलाई विशेष पर्वका रुपमा मनाउने गर्दछन् । यसै अवसरमा शुभकार्यको शुभारम्भ गर्ने गरिन्छ ।