१० चैत्र २०८१, आईतवार
March 23, 2025 Sunday
Latest
नागढुङ्गामा हाइस दुर्घटना हुँदा एकको मृत्यु, नौ घाइते सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति दृढ रहने कांग्रेस कार्यसम्पादन समितिको निर्णय उत्पादनको मूल्य नपाउनु दक्षिण एसियाली देशका किसानको साझा समस्या आइपिएल क्रिकेटः पहिलो खेलमा हैदरावादको जित ‘कालीगण्डकी बचाऔँ अभियान’का संयोजक गिरी सम्मानित मशानघाट विश्वकै ठूलो विश्वविद्यालय भेडाबाख्रा ओसारपसार गर्दा निरोगी प्रमाणित गर्नुपर्ने मण्डनदेउपुर र जापानको फुजिनोमिया नगरबीच भगिनी सम्बन्ध संविधानप्रति पूर्ण प्रतिवद्ध छौँ ,बाहिरबाट परिवर्तन आउन सम्भव छैन: काँग्रेस सिरहामा विभेदको घटनाः गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थप
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा राजामहाराजा खोज्ने होइनः सञ्चारमन्त्री



अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा राजामहाराजा खोज्नुको औचित्य नरहेको बताउनुभएको छ ।

नेपाल चेपाङ सङ्घले आज यहाँ आयोजना गरेको ‘चेपाङ स्वायत्त, विशेष र संरक्षित क्षेत्र घोषणा तथा चेपाङ समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार’ विषयको छलफल कार्यक्रममा मन्त्री गुरुङले वर्तमान अवस्थामा राजतन्त्र खोज्नु निरर्थक भएको टिप्पणी गर्नुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले समाज विकास र राष्ट्रिय एकताका लागि सङ्घीय शासन प्रणाली समय सुहाउँदो शासन व्यवस्था भएको उल्लेख गर्दै सङ्घीयताको भरपुर फाइदा लिनुपर्नेमा जोड दिनुभयो । आदिवासी जनजाति समुदायलगायत सीमान्तकृत वर्गलाई सङ्घीयता महत्वपूर्ण उपलब्धि भएको उहाँको कथन थियो । ठूलो राजनीतिक सङ्घर्ष पछि स्थापित वर्तमान शासन व्यवस्थाबाट लाभ लिन सीमान्तकृत समुदाय चनाखो हुनुपर्नेमा मन्त्री गुरुङले जोड दिनुभयो ।

“सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आदिवासी जनजातिका लागि महत्वपूर्ण उपलब्धि हो”, उहाँले भन्नुभयो, “हामी यो व्यवस्थाले दिएका अधिकारहरुबाट लाभ उठाउन अझै चुकेका छौँ ।”

राष्ट्रिय एकताको मूल आधार समावेशी र समतामूलक समाज भएको बताउँदै उहाँले समावेशी पद्धति कार्यान्वयनमा राज्य संवेदनशील हुनुपर्ने बताउनुभयो । चेपाङ समुदायको संरक्षणमा जोड दिँदै उहाँले त्यसनिम्ति नीतिगत व्यवस्था हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य गीता पौडेलले तीन तहका सरकारले अब विकासको प्रारुप परिवर्तन गरेर समावेशी ढाँचालाई जोड दिनुपर्छ भन्नुभयो ।

आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका उपाध्यक्ष रमेश गुरुङले सीमान्तकृत समुदायभित्र चेपाङ समुदाय पनि पर्ने भएकाले सरकारले प्राविधिक शिक्षाका लागि छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो ।

सङ्घका अध्यक्ष गोविन्दराम चेपाङले  २०३४ सालदेखि चेपाङ समुदायको विकासका लागि राज्यले सञ्चालन गर्दै आएको प्रजा विकास कार्यक्रम २०७४सालमा रोकिएको गुनासो गर्नुभयो । “चेपाङ समुदायको विकासमा राज्यले बजेट छुट्याउनुपर्छ”, उहाँको माग थियो ।रासस