८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

सरकारसंग प्रभु साहको प्रश्न, ‘गौर हत्याकाण्डका पीडितले न्याय कहिले पाउँने ?, दोषीलाई कारवाही कहिले हुने ?’

सरकारसंग प्रभु साहको प्रश्न, ‘गौर हत्याकाण्डका पीडितले न्याय कहिले पाउँने ?, दोषीलाई कारवाही कहिले हुने ?’
अ+ अ-

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले गौर हत्याकाण्डका दोषीलाई कानुनबमोजिम अविलम्ब कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै अध्यक्ष साहले गौर हत्याकाण्डको अनुसन्धान कहाँ पुग्यो भन्दै सरकाररसंग प्रश्न समेत गरे । यस हत्याकाण्डबारे पीडितले जाहेरी दर्ता गराएको भए पनि सरकारले छानबिन नगरेको उनको आरोप छ । उनले भने, ‘म सरकारलाई सोध्न चाहन्छु, गौर हत्याकाण्ड जुन दिउँसै भएको बीभत्स हत्या थियो, त्यसको छानबिन कहाँ पुग्यो ?’

घटनाको छानबिनका लागि गठन गरिएको आयोगसमेतले स्पष्ट प्रमाण दिइसकेको वर्षौं बितिसकेकाले अब हत्यामा संलग्नहरुलाई जेल हाल्नुको विकल्प नरहेको नेता साहले बताए । संसदमा साहले यो बिषय जोडतोडका साथ उठाए पनि माओवादी केन्द्रका सांसदले यस बारेमा बोलेनन् ।

‘यहाँ जाहेरी दर्ता भएको छ, तत्कालीन न्यायाधीशको नेतृत्वमा गठित आयोगले प्रतिवेदन दिइसकेको छ । त्यसैले यस्तो अमानवीय र विभत्स हत्याकाण्डका दोषीलाई उन्मुक्ति दिएर कानुनी शासन बहाली हुँदैन । गौर हत्याकाण्डका दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ र पीडित पक्षले न्याय पाउनुपर्छ’, अध्यक्ष साहले भने ।

रौतहटको गौरमा २०६३ चैत ७ गते उपेन्द्र यादव नेतृत्वको तत्कालीक मधेसी जनअधिकार फोरमले नेकपा (माओवादी) कार्यकर्तामाथि गरेको आक्रमणमा दुई दर्जनभन्दा बढी माओवादी कार्यकर्ताको ज्यान गएको थियो । घटनाबारे मृतकका परिवारले सोही वर्ष चैत २८ गते प्रहरी कार्यालय रौतहटमा जाहेरी दिएका थिए । तर, फौजदारी कानुनअनुसार कारबाही अघि बढेको छैन । गौर नरसंहारको आज १८ वर्ष पुगेको छ । २०६३ चैत ७ गते तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादी बीच सदरमुकाम गौरमा रहेको राइस मिलको चौरमा झडप हुँदा माओवादीका २७ कार्यकर्ताले ज्यान गुमाउनु परेको थियो ।

फोरम र माओवादी दुवैले मञ्च बनाएर आमसभा गर्न थाल्दा झडप शुरु भएको थियो । एकै स्थानमा दुई पक्षको आमसभा हुने भएपछि दुवै पक्षले शक्ति प्रदर्शन गर्दै व्यापक कार्यकर्ता यहाँ ल्याएका थिए ।