८ भाद्र २०८३, सोमबार
,
Latest
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले विधेयकको प्रस्ताव पेस गर्ने आरक्षपीडितको समस्या समाधान गर्न आयोग गठन हुन्छ : मन्त्री रावल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन भजनमार्फत संस्कार र संस्कृति पुस्तान्तरणको अभियान क्रियाशील पत्रकार महिलाको अध्यक्षमा तिवारी किस्पाङ बहुप्राविधिक शिक्षालयमा विद्यार्थीको आकर्षण खोरसोरमा पर्यटकको आकर्षणः ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज भदौरे वर्षातले धानबालीलाई राहत राप्ती सोनारीमा विपद्मा खटिने आफ्नै उद्धार टोली
तपाईं के खोज्दै हुनुहुन्छ ?

औद्योगिक क्षेत्रमा लोडसेडिङको असर र समाधानका लागि उद्योग वाणिज्य महासंघको यस्तो आग्रह



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ मुलुकको औद्योगिक क्षेत्रमा पटकपटक दोहोरिने घोषित–अघोषित लोडसेडिङप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । पछिल्लो समयमा, देशभरका विभिन्न औद्योगिक क्षेत्रहरूमा १२ घण्टासम्मको अनियमित तथा अग्रिम जानकारीबिना गरिएको विद्युत कटौतीले औद्योगिक उत्पादन र व्यवसायिक वातावरणमा गम्भीर असर पु¥याइरहेको महासंघले जनाएको छ ।

लोडसेडिङका कारण उद्योगहरू ठूलो समस्यामा परेको जनाउँदै महासंघले नियमित तथा आकस्मिक विद्युत अवरोधले उद्योगहरूको निरन्तर सञ्चालन अवरुद्ध गर्दै उत्पादन प्रक्रियामा अनपेक्षित असर पुर्याइरहेकाले उत्पादनमा भारी गिरावट आएको जनाएको छ ।

त्यसैगरी, बारम्बार दोहोरिने विद्युत आपूर्तिको अस्थिरताले मेसिनरी र अन्य उपकरणहरूमा क्षति पुर्याई मर्मत, संभार र प्रतिस्थापनमा उद्योगहरूले ठूलो आर्थिक भार बेहोरिरहेको भन्दै यस्ता व्यवधानहरूले मुलुकको अर्थतन्त्रमा देखिएको झिनो सुधारलाई प्रभावित पार्दै दीर्घकालीन रूपमा आर्थिक संकटको जोखिम बढाउने सम्भावना रहेको महासंघको ठहर छ ।

यस परिप्रेक्ष्यमा, महासंघले सरकारसँग उद्योग क्षेत्रका लागि अविच्छिन्न, भरपर्दो र नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न तत्काल आवश्यक कदम चाल्न आग्रह गर्दछ। साथै, दीर्घकालीन रूपमा मुलुकको औद्योगिकीकरणलाई गति दिन ऊर्जा पूर्वाधारमा थप लगानी गर्न, ऊर्जा आपूर्तिलाई सहज बनाउन तथा निजी क्षेत्रसँग निरन्तर संवाद र सहकार्यलाई सशक्त बनाउन आग्रह गरेको छ ।