१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने बाढी प्रभावितको उद्धारमा ढिलाइ नगर्न कांग्रेसको आग्रह, सांसदको तलब सहयोग गर्ने निर्णय त्रिशूली–३ बीको सुरुङमा फसेकाको खोजी गर्न सेनाले खन्ने काम तीव्र पार्‍यो नेप्से परिसूचक ४३ अङ्कले घट्यो केरुङ नाका जोड्ने अवरुद्ध सडक खुलाउन उद्धारकर्मीको प्रयास तीव्र जलवायुजन्य विपद्को क्षतिपूर्ति विकसित देशले दिनुपर्छ: अध्यक्ष ओली रसुवा बाढी : नेपाली सेनाले ३३० जनाको उद्धार गर्‍यो, सुरुङमा खोजी जारी प्रधानमन्त्री शाह र रवि लामिछानेबीच भेटवार्ता, बाढी प्रभावित क्षेत्रको उद्धार र राहतबारे छलफल राहत पुगेन भन्दै ओलीको सरकारप्रति असन्तुष्टि भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकास निर्माण पूरा गर्न ऋण लिनुपर्ने बाध्यताः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामलाई पूरा गर्न वैदेशिक ऋण लिन बाध्य हुनु परेको बताउनुभएको छ ।

बिहीवारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकारले देशलाई गरिबीको दयनीय अवस्थाबाट छिटो मुक्त गर्न काम गरी रहेको दाबी गर्नुभयो । असहज आर्थिक अवस्थामा गुज्रिरहेको अवस्थामा वर्तमान सरकार बनेको बताउनु भयो ।

उहाँले उत्पादकत्व बढी भएका ठाउँमा लगानी गर्न ऋणको रकम खर्च भइरहेको बताउनु भयो । कतिपय विकास निर्माणका काम अन्तिम चरणमा रहेको तर ऋण बाहेक अर्को विकल्प नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘नेपाल पछाडि परेको छ, गरिब छ । त्यसैले एलडिसीमा परेको छ । अझ निकै असहज आर्थिक अवस्थाबाट गुज्रिरहेको अवस्थामा अहिलेको सरकार बनेको छ । र अहिले लिएको ऋण यो देशको विकासकै लागि हो । बढी उत्पादन र बढी उत्पादकत्व हुने ठाउँ जहाँ छ त्यस ठाउँमा खर्च गर्न र बढी विकासका काममा तिब्रता दिनका लागि ऋण लिने काम गरिएको छ । अहिलेको सरकारको नीति के छ भने पहिलादेखि चलिआएका आयोजना छन् र अधुरो छोड् मिल्दैन त्यो चलाउनका लागि ऋण बाहेक अर्को उपाय छैन ऋणकै अंश फेज १,२ र ३ गरी अहिले फेज ३ मा ऋण नलिएर त्यसलाई असफल बनाउन सकिँदैन । त्यसैले ऋण लिन बाध्य हुनुपर्ने अवस्था रहेको हुन्छ ।’

प्रधानमन्त्री ओलीले नेपाल सरकारका कर्मचारी लोकसेवा आयोगमार्फत नियुक्ति गरिने भएकाले सरकारले आफ्नो मान्छे राख्यो भन्ने भनाइ आरोप मात्रै भएको बताउनु भयो । उहाँले कर्मचारी नियुक्ति प्रक्रियामा सरकारको मान्छे राख्न लोकसेवा अयोगले सहयोग पु¥याउँछ भन्ने कुरामा आफूलाई विश्वास नभएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कर्मचारीहरुको नियुक्ति लोकसेवा आयोगमार्फत हुन्छ, त्यहाँ आफन्तको कुरा होइन । र लोकसेवाले त्यसअघि पनि त्यसो गरेको थियो भन्ने म मान्दिनँ र अहिले पनि त्यसो गर्छ भन्ने कुरा म मान्दिनँ र भविष्यमा पनि लोकसेवाले कुनै पनि सरकारलाई आफ्ना मान्छे भर्ती गर्न सहयोग पु¥याउँछ या भर्ती गरी दिन्छ लोकसेवाले निश्पक्ष परीक्षा लिँदैन र निष्पक्ष पास फेल गर्ने कुरा गर्दैन भन्ने कुरा मलाई विश्वास लाग्दैन । लोकसेवा आयोगबाट कर्मचारीहरु नियुक्त हुने गरेका छन् । तीनै तहमा कर्मचारीको नियुक्ति योग्यताको आधारमा लोकसेवाले गर्ने गरिएको मान्य ज्यूलाई अवगत नै छ भन्ने लाग्छ ।’

प्रधानमन्त्री ओलीले कर्मचारीको ज्ञान, सीप, अनुभव र कार्यंक्षमताको आधारमा पदस्थापन तथा सरुवा गर्ने गरिएको बताउनुभयो । उहाँले कानुन विपरित काम गर्ने कर्मचारी दण्डित भइरहेको दाबी गर्नुभयो ।