काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दहालले अर्का अध्यक्ष केपी ओलीसंग छलफल गरेपछि आज साझ प्रदेश पाँचका केन्द्रीय कमिटी सदस्यहरूसंग छलफल गर्नुभएको छ ।
काठमाडौंको थापागाउँस्थित प्रसिडेन्सियल बिजिनेस कलेजमा भएको छलफलमा दहालले रोकिएको स्थायी कमिटी बैठकलाई निरन्तरता दिन अध्यक्ष ओलीसँग आफुले छलफल गरेको जानकारी गराउनु भएको थियो ।
बैठकप्रति अध्यक्ष ओली सकारात्मक भएको भन्दै दहालले कसरी अघि बढ्ने भन्ने बारेमा शुक्रबार पुन छलफल हुने जानकारी गराउनु भएको छ । अध्यक्ष ओली संग छलफलपछि दहालले अन्य नेताहरु माधबकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ संग पनि छलफल गर्नुभएको थियो ।
एक साताअघि यहि कलेजमा चार नेताले संञ्चारकर्मीहरुसंग अन्तरक्रिया गर्दे कुनैपनि बेला पार्टी दुर्घटनमा पर्न सक्ने अबसथा रहेको भन्दै मानसिक रुपमा तयार रहन कार्यकर्ताहरुलाई सन्देश प्रबाह गर्नुभएको थियो ।
भेला र नेताहरुले दिएको अभिब्यक्ति प्रति अध्यक्ष ओलीले आपत्ति जनाएपछि नेताहरु प्राय मौन रहेका थिए । बुधबारमात्र अध्यक्ष ओलीले पाँच दिन भित्र समस्या सकारात्मक दिशामा जाने बताउनु भएको थियो ।
ओलीले यसो भने लगत्तै बिहिबार ओली र दाहाल बिच करिब चार घण्टा छलफल भएको हो । १० असार गतेदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा केही सदस्यले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि पार्टीभित्र आन्तरिक मतभेद बढेको छ । जसका कारण स्थायी समितिको बैठक पटकपटक स्थगित हुँदै आएको छ ।










