२० भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आउँदो आर्थिक वर्षदेखि बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको कार्य शुरु गर्न सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले अगामि आर्थिक वर्षदेखि बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम शुरु गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पाण्डेले यस्तो ध्यानाकर्षण गराउनुभएको हो ।

यस आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा राखिएपनि प्राथमिकताका साथ गरिनुपर्ने कामहरु अगाडि बढ्न नसकेको उहाँको भनाइ छ । उहाँले आयोजनाको काम सुरु नहुँदा गोरखा र धादिङका नागरिक अन्योलमा बस्नुपरेको उल्लेख गर्दै निर्माण सुनिश्चितता गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘१२०० मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना अझै निर्माण शुरु भएको छैन । यसलाई राष्ट्रिय गौरवको आयोजनामा राखिएपनि त्यही प्राथमिकताका साथ गरिनुपर्ने कामहरु अगाडि बढ्न सकिरहेका छैनन् । यस आयोजनाबाट प्रभावित गोर्खा र धादिङका जनता अन्यौलमा बस्नु परेको छ । यसले जनतामा अविश्वास र अन्यौलको वातावरण छाइरहेको छ । जलाशययुक्त विद्युतको यस आयोजनाले नियमित विद्युत आपुर्तिमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने भएको हुनाले अगामि आर्थिक वर्ष २०८२/८३ देखि निर्माण शुरु गर्नेगरी आवश्यक व्यवस्था गर्न सम्माननीय सभामुखमार्फत सरकारको गम्भिर ध्यानाकर्षण गराउँदछु ।’

उहाँले उक्त जलविद्युत आयोेजना सम्पन्न भएको खण्डमा नियमित विद्युत आपूर्तिमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ ।