४ पुष २०८२, शुक्रबार
,
Latest
तीनदिने ‘आइडियाएक्स ह्याकाथन’ सुरु लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आउँदो आर्थिक वर्षदेखि बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको कार्य शुरु गर्न सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले अगामि आर्थिक वर्षदेखि बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम शुरु गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पाण्डेले यस्तो ध्यानाकर्षण गराउनुभएको हो ।

यस आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा राखिएपनि प्राथमिकताका साथ गरिनुपर्ने कामहरु अगाडि बढ्न नसकेको उहाँको भनाइ छ । उहाँले आयोजनाको काम सुरु नहुँदा गोरखा र धादिङका नागरिक अन्योलमा बस्नुपरेको उल्लेख गर्दै निर्माण सुनिश्चितता गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘१२०० मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना अझै निर्माण शुरु भएको छैन । यसलाई राष्ट्रिय गौरवको आयोजनामा राखिएपनि त्यही प्राथमिकताका साथ गरिनुपर्ने कामहरु अगाडि बढ्न सकिरहेका छैनन् । यस आयोजनाबाट प्रभावित गोर्खा र धादिङका जनता अन्यौलमा बस्नु परेको छ । यसले जनतामा अविश्वास र अन्यौलको वातावरण छाइरहेको छ । जलाशययुक्त विद्युतको यस आयोजनाले नियमित विद्युत आपुर्तिमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने भएको हुनाले अगामि आर्थिक वर्ष २०८२/८३ देखि निर्माण शुरु गर्नेगरी आवश्यक व्यवस्था गर्न सम्माननीय सभामुखमार्फत सरकारको गम्भिर ध्यानाकर्षण गराउँदछु ।’

उहाँले उक्त जलविद्युत आयोेजना सम्पन्न भएको खण्डमा नियमित विद्युत आपूर्तिमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ ।