२० भाद्र २०८३, शनिबार
,
Latest
स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजाले ‘श्री ५ महाराजधिराज’ शब्द र शाही निशान छाप प्रयोग गरेको भन्दै सांसद खतिवडाको आपत्ति



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ६ मा सार्वजनिक गरेको भिडियो सन्देशमा ‘श्री ५ महाराजधिराज’ शब्द र शाही निशान छाप प्रयोग गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

बिहीवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खतिवडाले पूर्वराजाले नेपाली झण्डाको अपमान गरेर संविधान मिच्ने काम गरेको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले संविधान विरोधी कदमहरु रोक्न समेत सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले २०६५ सालमै शाही निशान छाप हटाएर नेपालको झण्डा राखिएको र संविधानमा समेत श्री ५ महाराजधिराज भन्ने शब्द नरहेको भन्दै यस्तो गर्न नदिन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘पूर्वराजा ज्ञानेन्द्रले फागुन ६ गते सार्वजनिक गरेको भिडियो सन्देशमा श्री ५ महाराजधिराज भनेर उल्लेख गरिएको र शाही निशान छाप प्रयोग गरेको देखियो । यो शाही निशाना झण्डा २०६५ साल जेष्ठ १७ गते हटाएर त्यहाँ राष्ट्रिय झण्डा राखिएको थियो र नेपालको संविधानमा कहीँ पनि श्री ५ महाराजधिराज भन्ने उल्लेख छैन । त्यसकारण यस्तो सन्देशमा श्री पाँच महाराजधिराज भनेर राख्ने र शाही निशाना झण्डा राख्नेप्रति घोर आपत्ति छ र त्यस्ता काम गरेर संविधान नमिच्नको लागि आग्रह गर्दछु । ’

उहाँले कानून सबैको लागि बराबर भएको कानून कार्यान्वयनमा ध्यान दिन समेत सरकारको ध्यानाकर्षण गराउनु भयो ।