
काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले महिला र दलित समुदायमाथि भइरहेका हत्या, हिसां र विभेदका घटना तत्काल बन्द गरी दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद सिंहले देशभर हत्या र हिंसाका घटनाहरु बढेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले महिला र दलितमाथि श्रृंखलावद्ध रुपमा अत्याचार भइरहेको भन्दै यही सरकारको पालामा किन यस्तो भइरहेको छ ?भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले मधेश प्रदेशमा दलितमाथि भइरहेको दमनका विरुद्ध प्रदेश सरकार नबोल्नु सत्ता बाँडफाँड त होइन ? भन्दै आशंका व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यो देशमा के भइरहेको छ ? महिला र दलितमाथि श्रृंखलावद्ध रुपमा अत्याचार भइरहेको छ । यही सरकारको पाला किन त्यस्तो भइरहेको छ ? मधेस सरकार पनि किन त्यसविरुद्ध बोलिरहेको छैन रु सत्ताको बाँडफाँड हो कि ? ’
उहाँले वर्तमान सरकार महिला र मधेसविरोधी रहेको समेत आरोप लगाउनु भयो ।