९ चैत्र २०८१, शनिबार
March 22, 2025 Saturday
Latest
सत्ताको कुकृत्यका कारण गणतन्त्र धरापमाः झलनाथ खनाल वरिष्ठ पत्रकार बस्नेतको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त सबै समाजवादी र माओवादीलाई एकताबद्ध गर्ने अध्यक्ष दाहालको उद्घोष गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुनसक्दैन: गृहमन्त्री लेखक धनुषा प्रहरीद्वारा गाँजासहित एकजना पक्राउ दैनिक जीवनयापनसँगै मुलुकको समृद्धिका लागि पानीको महत्व बढेको छ : ऊर्जामन्त्री खड्का प्रदेश र स्थानीय सरकारलाई सबल बनाउनुपर्नेमा सभामुखको जोड निवार्हमुखी कृषिलाई आधुनिकिकरण र व्यवसायिकरण गर्नु पर्नेमा महासंघ अध्यक्ष ढकाललको जोड क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए कविता समाजलाई सुसुचित गर्ने महत्वपूर्ण माध्यमः पूर्वराष्ट्रपति भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ आजका लागि विदेशी मुद्राको सटही दर



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको सटहीदर तोकेको छ । आजको विनिमयदरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्विस फ्य्राङ्कलगायत मुद्राको मूल्य घटेको छ ।

बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३८ रूपैयाँ ८२ पैसा कायम भएको छ । बुधबार एकको खरिददर १५१ रूपैयाँ १२ पैसा र बिक्रीदर १५१ रूपैयाँ ७८ पैसा कायम भएको युरोको आज खरिददर १५० रुपैयाँ ४४ पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा रहनेछ ।

युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७८ रूपैयाँ ९९ पैसा र बिक्रीदर १७९ रूपैयाँ ७७ पैसा, स्विस फ्य्राङ्क एकको खरिददर १५६ रूपैयाँ ९२ पैसा र बिक्रीदर १५७ रूपैयाँ ६० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ३९ पैसा र बिक्रीदर ८७ रूपैयाँ ७७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ३४ पैसा र बिक्रीदर ९६ रूपैयाँ ७६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ५१ पैसा र बिक्रीदर १०३ रूपैयाँ ९६ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ २१ पैसा र बिक्रीदर नौ रूपैयाँ २५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०९ पैसा र बिक्रीदर १९ रूपैयाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८० पैसा र बिक्रीदर ३६ रूपैयाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ८६ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०३ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १० पैसा र बिक्रीदर चार रूपैयाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ११ पैसा र बिक्रीदर ३१ रूपैयाँ २५ पैसा कायम भएको छ ।

साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ४६ पैसा र बिक्रीदर नौ रूपैयाँ ५० पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ६७ पैसा र बिक्रीदर १३ रूपैयाँ ७३ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ १७ पैसा र बिक्रीदर २० रूपैयाँ २६ पैसा तोकिएको छ ।

त्यस्तै, हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ७६ पैसा र बिक्रीदर १७ रूपैयाँ ८४ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रूपैयाँ ४ पैसा र बिक्रीदर ४४९ रूपैयाँ ९९ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६७ रूपैयाँ ७० पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रूपैयाँ ५३ पैसा र बिक्रीदर ३६० रूपैयाँ ०८ पैसा रहेको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।