७ चैत्र २०८१, बिहीबार
March 20, 2025 Thursday

13.57°C

काठमाडौं

13.57°C

Kathmandu

Feels-like: 11.61

Wind: 1.54

Humidity: 24

तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान र गणतन्त्रमाथी छेडखानी गर्नु गलत : दाहाल



अ+ अ-

निजगढ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र गणतन्त्रमाथी छेडखानी गर्न नहुने बताउनुभएको छ ।

बाराको सिमरामा आज साँझ आयोजित सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष दाहालले भन्नुभयो, “शान्ति सम्झौता वर्तमान संविधानको एउटा अङ्ग हो । संविधान र गणतन्त्रलाई छेडखानी गर्नु भनेको शान्ति सम्झौतालाई छेडखानी गर्नु हो ।”

दाहालले संविधानलाई विकास गर्न सकिने तर पछाडि फर्काउन नसकिने स्पष्ट पार्नुभयो । हुलाकी राजमार्गसँग माओवादी केन्द्र र आफ्नो भावनात्मक सम्बन्ध रहेको उहाँको भनाइ थियो ।

दाहालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया कुरामा मात्रै सीमित रहेको बताउनुभयो । चितवन हुँदै सिमरा आइपुग्नु भएका दाहाल यसअघि स्थगित भएको तराई–मधेस जागरण अभियानलाई निरन्तरता दिन आउनुभएको हो ।रासस