११ आश्विन २०८१, शुक्रबार
,
Latest
न्यायपरिषदको बैठक जारी ,बार एशोसिएशनको धर्ना निरन्तर काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट छैनः पर्यटनमन्त्री पाण्डे पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री सिंह पूर्वी र मध्य तराईमा अत्याधिक वर्षा, सतर्क रहन आग्रह मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छः परराष्ट्रमन्त्री सन्दर्भ विश्व पर्यटन दिवस: ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल आइएमई पेबाट मात्र रु १ मा हवाई टिकट पहिरोले राप्ती लोकमार्ग अवरुद्ध ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड–१९ को प्रभावलाई न्यूनीकरण गर्ने योजना छ: मुख्यमन्त्री पौडेल



अ+ अ-

काठमाडौँ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी दिनमा विकास निर्माणका कार्यक्रम सञ्चालन गर्दा कोभिड–१९ को प्रभाव न्यूनीकरण गर्ने गरी योजना बनाएको बताएका छन् ।वाग्मती प्रदेशको आर्थिक वर्ष २०७६/०७७ को नीति तथा योजनाको वार्षिक प्रगति समीक्षामा बिहीबार उनले कोभिड–१९ को प्रभावलाई न्यूनीकरण गर्ने गरी मानव जीवनको रक्षा र जीविकोपार्जनका माध्यमको सुरक्षालाई केन्द्रबिन्दुमा राखी योजना सञ्चालन स्पष्ट पारे । कोभिड–१९ को कारणबाट उत्पन्न यस कठिन घडीमा सीमित भौतिक उपस्थिति तथा सूचना प्रविधि दुवै मिश्रण गरी भर्चुअलको माध्यमबाट वाग्मती प्रदेशका सबै मन्त्रालय, प्रदेश लोकसेवा आयोग प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय मुख्य न्यायाधिवक्ताको कार्यालय, प्रदेशसभा सचिवालयलगायतको सहभागिता थियो । 

वाग्मती प्रदेशको आव २०७६/०७७ को विनियोजन रु ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार भएकोमा २७ अर्ब ९५ करोड ७१ लाख १७ हजारअर्थात् ५८.७२ प्रतिशत खर्च भएको थियो । यसमध्ये चालूतर्फ ६०.११ प्रतिशत र पूँजीगत खर्चतर्फ रु ५७.६८ प्रतिशत खर्च भएको थियो भने सोही अवधिमा अनुमानित आयको ९९.४५ प्रतिशतअर्थात् ४७ अर्ब ३४ करोड ७९ लाख सङ्कलन भएको थियो । 

प्रदेशका प्रमुख सचिव डा मानबहादुर बीकेले कोभिड–१९ को अवस्थालाई अनुकूलन गर्दै विकास निर्माणमा लाग्नुपर्ने र अनुगमन तथा मूल्याङ्कनलाई नतिजासँग आबद्ध हुने गरी अपेक्षितरुपमा सम्पन्न गर्न आयोजना कार्यान्वयन गर्दा श्रम र सीपको प्रयोग हुने गरी नीति निर्माण गर्नुपर्नेमा जोड दिए।