८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

कोभिड–१९ को प्रभावलाई न्यूनीकरण गर्ने योजना छ: मुख्यमन्त्री पौडेल

कोभिड–१९ को प्रभावलाई न्यूनीकरण गर्ने योजना छ: मुख्यमन्त्री पौडेल
अ+ अ-

काठमाडौँ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी दिनमा विकास निर्माणका कार्यक्रम सञ्चालन गर्दा कोभिड–१९ को प्रभाव न्यूनीकरण गर्ने गरी योजना बनाएको बताएका छन् ।वाग्मती प्रदेशको आर्थिक वर्ष २०७६/०७७ को नीति तथा योजनाको वार्षिक प्रगति समीक्षामा बिहीबार उनले कोभिड–१९ को प्रभावलाई न्यूनीकरण गर्ने गरी मानव जीवनको रक्षा र जीविकोपार्जनका माध्यमको सुरक्षालाई केन्द्रबिन्दुमा राखी योजना सञ्चालन स्पष्ट पारे । कोभिड–१९ को कारणबाट उत्पन्न यस कठिन घडीमा सीमित भौतिक उपस्थिति तथा सूचना प्रविधि दुवै मिश्रण गरी भर्चुअलको माध्यमबाट वाग्मती प्रदेशका सबै मन्त्रालय, प्रदेश लोकसेवा आयोग प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय मुख्य न्यायाधिवक्ताको कार्यालय, प्रदेशसभा सचिवालयलगायतको सहभागिता थियो । 

वाग्मती प्रदेशको आव २०७६/०७७ को विनियोजन रु ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार भएकोमा २७ अर्ब ९५ करोड ७१ लाख १७ हजारअर्थात् ५८.७२ प्रतिशत खर्च भएको थियो । यसमध्ये चालूतर्फ ६०.११ प्रतिशत र पूँजीगत खर्चतर्फ रु ५७.६८ प्रतिशत खर्च भएको थियो भने सोही अवधिमा अनुमानित आयको ९९.४५ प्रतिशतअर्थात् ४७ अर्ब ३४ करोड ७९ लाख सङ्कलन भएको थियो । 

प्रदेशका प्रमुख सचिव डा मानबहादुर बीकेले कोभिड–१९ को अवस्थालाई अनुकूलन गर्दै विकास निर्माणमा लाग्नुपर्ने र अनुगमन तथा मूल्याङ्कनलाई नतिजासँग आबद्ध हुने गरी अपेक्षितरुपमा सम्पन्न गर्न आयोजना कार्यान्वयन गर्दा श्रम र सीपको प्रयोग हुने गरी नीति निर्माण गर्नुपर्नेमा जोड दिए।