१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिदीमा पहिरो : एक जनाको शव भेटियो, सभामुख लिदीमा



अ+ अ-

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका –२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा पुरिएका एक जनाको शव भेटिएको छ। वडाध्यक्ष प्रताप लामाका अनुसार एक जनाको शव फेला परेको हो भने अन्य पाँच जनाको उद्धार भएको छ।

'अहिले एक जनाको शव फेला परेको छ। चार जनालाई जिल्लाको चौतारा अस्पताल पठाइएको छ भने एक जनालाई काठमाडौं लगिएको' उनले भने । 

मृतकको सनाखत हुन सकेको छैन।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी माधव काफ्लेका अनुसार घाइते हुनेमा एक बालक, दुई महिला र दुई पुरूष छन्।

घाइते हुनेहरूमा नौ वर्षीय रूप बहादुर दोङ, २३ वर्षीय पासाङ दोङ, ६० वर्षीया केवारिङ दोङ र ४३ वर्षीया जुनु दोङ छन्। उनीहरूलाई चौतारामा लगिएको छ।

यसैगरी मनाङ एयरको हेलिकप्टरबाट घाइते एमजी लामालाई काठमाडौंको ट्रमा सेन्टरमा लगिएको छ।  पहिरोमा अझै ३६ जना पुरिएको हुन सक्ने आशंका गरिएको छ। 

यसैबिच सभामुख अग्नी सापकोटाको टोली लिदीमा पुगेको छ ।