१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

चालु आर्थिक वर्षभित्रमा ४० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य रोखेर काम गरिरहेका छौंः वनमन्त्री ठकुरी

चालु आर्थिक वर्षभित्रमा ४० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य रोखेर काम गरिरहेका छौंः वनमन्त्री ठकुरी
अ अ+ अ-

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले चालु आर्थिक वर्षभित्रमा मन्त्रालयबाट ४० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य रोखेर काम गरिरहेको दाबी गर्नुभएको छ ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री ठकुरीले यस्तो दाबी गर्नुभएको हो । उहाँले वनसँग सम्बन्धीत क्षेत्रमा सिर्जना हुने उक्त रोजगारीले युवा पलयान रोक्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री ठकुरीले राष्ट्रपति चुरे विकास कार्यक्रम, जलवायु उत्थानशील चुरे कार्यक्रम र जलाधारमा आधारित जिविकोपार्जन आयोजना तथा गण्डकी जलाधार आयोजनामार्फत भिरालो जमिनमा फलफुल लगायतका खेतीहरु गरेर बाँझो जमिनमा उत्पादन प्रवद्र्धन गर्नेगरी काम गरिरहेको बताउनु भयो । उहाँले मानव वन्यजन्तुबीचको द्वन्द्व न्युनिकरण गर्नको लागि जंगली जनावरहरुको लागि वनभित्रै बस्नेगरी काम गरिरहेको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वन तथा वातावरण मन्त्रालयबाट चालु आर्थिक वर्षभित्रमा ४० हजार रोजगारी सिर्जना हुने र यसबाट युवाहरुको विदेश पलायन हुने रोक्ने अनुमान गरिएको छ । अर्को, राष्ट्रपति चुरे विकास कार्यक्रम, जलवायु उत्थानशील चुरे कार्यक्रम र जलाधारमा आधारित जिविकोपार्जन आयोजना तथा गण्डकी जलाधार आयोजनामार्फत भिरालो जमिनमा फलफुल लगायतका खेतिहरु गरेर बाँझो जमिनमा उत्पादन प्रवद्र्धन गर्ने काम भइरहेको छ । यसैगरी जलवायु परिवर्तनको कारण निम्त्याउने विपद् न्युनिकरणका लागि नदि तथा खोला किनारहरुमा स्तरीकरण, व्यवस्थापन लगायतका कामहरु समेत भइरहेका छन् । विप्दबाट नेपालमा ठुलो धनजनको क्षति गरेको विषयमा हामी सबै जानकार नै छौं । यसलाई न्युनिकरण गर्ने र थप व्यवस्थापन तथा व्यवस्थित गर्नको लागि नेपाल सरकारले थप कार्यक्रमहरु ल्याउने जानकारी गराउँदै संसदहरुको सुझावको आधारमा वन मन्त्रालयका तर्फबाट यस्ता कुराहरु गर्दै जाने म जानकारी समेत गराउन चाहन्छु ।’

प्राकृतिक विपद् न्युनिकरण तथा वन व्यवस्थापनको क्षेत्र मन्त्रालयको प्राथमिकतामा रहेको उहाँको भनाइ छ ।