१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

‘ग्रेट हिमालयन ट्रेल’ का पदयात्रीको सहयोगमा सरकार उदासिन बन्योः वामदेव गौतम

‘ग्रेट हिमालयन ट्रेल’ का पदयात्रीको सहयोगमा सरकार उदासिन बन्योः वामदेव गौतम
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले ताप्लेजुङदेखि दार्चुलासम्म फैलिएको १७ जिल्लाको ग्रेट हिमालयन ट्रेलको पदयात्रामा निस्किएका १२ नेपाली महिलाको खर्च व्यवस्थापनमा सरकार उदासिन रहेको बताउनुभएको छ ।

बुधवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पर्यटन क्षेत्रबाटै नेपाललाई चिनाउने उद्देश्य बोकेर यात्रामा गएका महिलाहरुको खर्च व्यवस्थापन सरकारले गर्नुपर्ने बताउनु भयो । उहाँले एक हजार सात सय लामो पदयात्रा विकटता तथा मौसमका कारणले चुनौतिपूर्ण रहेको भन्दै पदयात्रीको आवश्यक सुरक्षाको व्यवस्था मिलाउनु पर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नागरिक स्तरबाट नेपाली महिलाले नेपालका १७ हिमाली जिल्लामा फैलिएको ग्रेट हिमालयन ट्र्ेलको पदयात्रा गर्नु अत्यन्त सह्रानीय काम हो । ताप्लेजुङदेखि दार्चुलासम्म फैलिएको १७ सय किलोमिटर लामो यो पदमार्ग विकटता, उचाइ तथा मौसमलगायतका कारण निकै चुनौतिपूर्ण मानिन्छ यस्तो चुनौतिपूर्ण यात्रामा नागरिकस्तरबाटै खाफ्नो खर्च व्यवस्थापनमा चल्नुपर्ने पर्ने पदयात्रामा सामेल सदस्यहरुले सुनाउँदा सरकार उदासिन भएको हो कि भन्ने लागेको छ । पर्यटन क्षेत्रबाटै नेपाललाई चिनाउने उद्देश्य राखेर निस्किएका महिलाहरुलाई खर्चको व्यवस्थापनको जिम्मा नेपाल सरकारले दिनुपथ्र्यो भन्ने मेरो मान्यता छ । यो यात्रामा निस्किएका पदयात्रीको सुरक्षामा कुनै अभाव हुन नदिनका लागि सरकारले आवश्यक सुरक्षा प्रवन्धसाथै हवाई गस्तीको व्यवस्था पनि गर्नुपर्छ ।’

राष्ट्रिय सभा सदस्य गौतमले चैत ३ गते पदयात्राका लागि हिँडेका १२ महिला पदयात्रीहरुको दैनिक यात्रामा सबै प्रकारका सहयोग र स्वास्थ्य उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभयो । उहाँले पदयात्रीहरुको सफलतापछि नेपालले ठूलो उपलब्धि हासिल गर्ने बताउनु भयो ।